११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

इरान र फिफाबीच ‘रचनात्मक’ छलफल
टर्कीको इस्तानबुलमा फुटबल महासंघ इस्लामिक गणतन्त्र इरानका अध्यक्ष मेहदी ताजसँग भेट गर्नुहुँदै फिफा महासचिव म्याटियास ग्राफस्ट्रोम। तस्बिरः रोयटर्स
अ अ+ अ-

टर्की। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीका लागि ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताउनुभएको छ।

मध्यपूर्वमा युद्ध चलिरहे पनि इरानले समूह चरणका तीनवटै खेल अमेरिकामै खेल्ने तालिका छ ।

“हामीले इरान एफएसँग रचनात्मक वार्ता गरेका छौँ, वार्ता सफल भएको छ,” ग्राफस्ट्रमले भन्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई लाग्छ हामी उनीहरूलाई विश्वकपमा स्वागत गर्न धेरै उत्सुक छौँ । यसका लागि सँगै मिलेर काम गरिरहेका छौँ।”

“हामीले प्रत्येक सदस्य संघसँगजस्तै इरानी टोलीको परिचालनसम्बन्धमा छलफल गर्ने अवसर पाएका छौँ,” उहाँले अगाडि भन्नुभयो ।

उहाँले थप्नुभयो, “म धेरै खुसी छु, हामी छलफलबाट सकारात्मक कुराहरूको आदानप्रदान गर्न सक्षम भयौँ । इरान एफए र फिफा दुवै बैठकबाट धेरै खुसी छन् र संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा इरानी फुटबल टोली ९टीम मेली० लाई स्वागत गर्न उत्सुक छन्।”

इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले गत बिहीबार इरानको टोलीका लागि भिसा जारी नगरिएको बताउनुभएको थियो ।

उहाँले शनिबारको बैठकलाई विवरणमा नगई ‘सकारात्मक र रचनात्मक’ पनि भन्नुभएको छ।

“हामीले हाम्रो चिन्ताको बारेमा छलफल गर्यौं र टीम मेलीको सहज सहभागिता सुनिश्चित गर्न हाम्रो संयुक्त प्रतिबद्धता व्यक्त गर्यौं,” उहाँले भन्नुभयो ।

टर्की फुटबल फेडरेशनको मुख्यालयमा आयोजित यो बैठक सोमबार बिहान टर्कीको प्रशिक्षण शिविरमा जाने तयारी गरिरहेका बेला भएको हो ।

इरानले अन्टालियामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । उनीहरूले पहिले नै मे २९ मा गाम्बियाबिरूद्ध एक खेलको पुष्टि गरिसकेका छन्, इरानी टीमको लागि मैत्रीपूर्ण खेल सेट गर्ने कम्पनीको नेतृत्व गर्ने एक इरानीमुलका क्यानेडियाली नागरिकसाम मेहदीजादेहले भन्नुभयो ।

इरान लगातार चौथो पटक फाइनलमा पुगेको छ र टोली अमेरिका पुगेपछि एरिजोनाको टक्सनमा रहनेछ । इरानले समूह–जीमा रहेर जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग विश्वकप अभियान सुरु गर्नेछ, त्यसपछि त्यही शहरमा बेल्जियम र त्यसपछि सिएटलमा इजिप्टको सामना गर्नेछ। रासस/एएफपी