११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न
अ अ+ अ-

गोरखा। उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका-७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुलको उद्घाटन गर्नुभएको हो ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण सम्पन्न भएको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य संरचना हो ।

पुल निर्माण सम्पन्न भएसँगै उत्तरी गोरखा पुग्ने स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहजता हुने धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माण भएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला तथा चुमनुब्री गाउँपालिकामा आवतजावत सहज भएको हो । नौलीखोलामाथिको निर्मित पुल सञ्चालनमा आएसँगै उत्तरी गोरखाबासीले चर्को भाडा तिरेर खाद्यान्नलगायत सामग्री ढुवानी गर्नुपर्ने बाध्यता अन्त्य हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

पुल निर्माणका लागि विसं २०७९ साउन २३ गते सूर्यदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग रु चार करोड ३४ लाख ७५ हजार ३५९ लागतमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।

विसं २०८१ साउन २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि आगामी साउन २२ गतेसम्मका लागि पुनःम्याद थप गरिएको थियो ।

करिब ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको उक्त पुल प्रिस्ट्रेस प्रविधिमा निर्माण भएको छ । निर्माण कम्पनीले केही दिनअघि मात्र पुल निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । रासस