११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण
अ अ+ अ-

जनकपुरधाम। विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ ।

मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको हो । गाउँब्लकका जमिन लालपूर्जाबिना भोग गर्दै आएका सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ ।

टोलीका प्रमुख सीयाराम साहले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताउनुभयो ।

उहाँका अनुसार सो टोलीको कार्यालयमा ६५८ जनाले लालपूर्जाका लागि निवेदन दिएको थिए । यसअघि सो टोलीले उक्त पालिकाको वडा नंं १, ६ र ७ का ६४ (भूमिहीन) सुकुमवासी परिवारलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी लालपूर्जा वितरण गरेको थियो ।

नापी कार्यालय धनुषाको दुई नं टोलीद्वारा गाउँब्लकको जग्गा नापजाँच गरेर लालपूर्जा वितरण प्रक्रिया सुरु गरेको थियो । त्यसको आधारमा लालपूर्जा वितरण गरिएको प्रमुख साहले जानकारी दिनुभयो ।

साहका अनुसार आज यहाँ आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोलगायत पदाधिकारीले सम्बन्धित जग्गाधनीलाई सो जग्गाधनी लालपूर्जा वितरण गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मण्डलले लामो समयको सङ्घर्ष पश्चात लालपूर्जा प्राप्त गर्नेलाई बधाइ दिँदै लालपूर्जा पाउने प्रक्रियाबाट छुटेकाहरूलाई यथाशीघ्र कानुनी प्रक्रिया पूरा गरेर निजको भोगाधिकार दिलाउनका लागि लालपूर्जा वितरण गर्न अनुरोध गर्नुभयो ।

साथै पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले आपसी विवादबाट मुक्त भई कार्य गर्न आग्रह गर्नुभयो ।

मिथिला नगरपालिकाका प्रमुख महतोले लामो समयदेखि लालपूर्जा नपाएका भूमिहीनले अहिले लालपूर्जा प्राप्त गरेर रैतीबाट शासक बनेका भन्दै सबैको सहकार्य र समन्वयमा नगरको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नापी कार्यालयका प्रमुख उमेश साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नापी कार्यालयअन्तर्गत दुई नं टोलीका प्रमुख सीयाराम साह, मिथिला नगरपालिकाका–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो, वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतोलगायत वक्ताले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

धनुषा जिल्लामा ७५ वटा गाउँब्लक छन् । तीमध्ये ७२ वटा गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । त्यसअन्र्तगत १२ वटा गाउँब्लकको धनीपूर्जा वितरण भइसकेको नापी कार्यालयले जनाएको छ । रासस