११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
फाइल फोटो
अ अ+ अ-

चितवन। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ । यसअघि ठूलो अण्डा रु ४८५ र मध्यम अण्डा रु ४३५ कायम गरिएको उहाँले बताउनुभयो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ । कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ ।” अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताउनुभयो ।

अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

फार्महरूको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य जारी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाउन्ने एग्रो फार्म नवलपरासीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५० र मझौला रु तीन हजार ७५०, हिमचुली पोल्ट्री नवलपरासीको ठूलो अण्डा रु तीन हजार ९६० र मझौता तीन हजार ७६०, खिलुङ्ग एग्रो स्याङ्जाको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९७०, मझौता रु तीन हजार ७७०, जनकपुर एग्रो जनकपुरको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७८५, पूर्वाञ्चल पोल्ट्र विराटनगरको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७७० कायम गरिएको छ ।

यसैगरी शिवम् पोल्ट्री वीरगञ्जको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९६०, मझौता रु तीन हजार ७६०, लक्ष्य पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७८०, खजाना एग्रो दाङको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९७५, मझौता रु तीन हजार ७७५, नेशनल काजी एग्रो कैलालीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९६५, मझौता रु तीन हजार ७६५ मूल्य कायम गरिएको छ ।

त्यस्तै सुविस/काठमाडौँ त्रिशूलीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९६०, मझौता रु तीन हजार ७५०, मोडेल पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५०, मझौता रु तीन हजार ७५५ र एनएमए पोल्ट्री झापाको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५०, मझौता रु तीन हजार ७६० कायम गरिएको सचिव पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा पेटीमा सात क्रेट (२१० अण्डा) हुन्छन् । लागत मूल्य समयमा पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् ।

पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारढाले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन् । रासस