१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति



अ+ अ-

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो। त्यसको मूल्य रु नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर छ ।

अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनाका मात्रै छन्। नेपाल स्टक एक्सचेञ्जमा १०३ जलविद्युत् कम्पनी शेयरमा सूचीकृत भई कारोबार भइरहेका छन्। बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतिक्षामा रहेका कम्पनीमा पनि जलविद्युत्का बढी छन् ।

अनुमति पाएका कम्पनीमा सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् । विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एक/एक कम्पनी छन्। बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् ।

त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, लगानीका पाँच कम्पनी छन्। यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन् । रासस




भर्खरै