५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

आँगनमा जंगेपिलर: दसगजामा रजाँई गर्दै नेपालतर्फको जमिनमा भन्सारको चेकपोस्ट र गाईगोठ

आँगनमा जंगेपिलर: दसगजामा रजाँई गर्दै नेपालतर्फको जमिनमा भन्सारको चेकपोस्ट र गाईगोठ
अ+ अ-

सिराहा । जिल्लाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडीस्थित नेपाल भारत सीमा क्षेत्रको नेपालपट्टिको दसगजा क्षेत्रमा भारतीय पक्षले भन्सार चेकपोस्ट सञ्चालन गरिरहेको छ । ४१ वर्षदेखि ठाडीसँगको सीमाबिन्दुबाट करिब सात सय मिटर दक्षिण लौकहाको एसबिआई बैंकनजिक रहेको भारतीय भन्सार चेकपोस्ट दसगजा क्षेत्रमा सञ्चालन भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय श्रीलाल पासवानका अनुसार नेपालपट्टि दसगजा क्षेत्रमा पाँच भारतीय नागरिकले मासु तथा साइकल मर्मत पसल सञ्चालन गरिरहेका छन् ।

भारतीय पक्षले बनाउन लागेको स्वागतद्वार स्थानीयले रोके:भारतीय पक्षले बोर्ड झुन्ड्याएरै दसगजामा भन्सार चेकपोस्ट र अर्धसैनिक बल एसएसबीको चेकपोस्ट सञ्चालन गर्दै आएको छ । नेपाल भारतको सीमाबिन्दुमा पर्ने जंगे खम्बादेखि १० गज उत्तर र १० गज दक्षिणतर्फको जमिन दसगजाको खाली रहनुपर्ने हो । तर, भारतीय पक्षले आफ्नोतर्फ सबै मिचेको छ भने नेपालतर्फको दसगजासमेत ओगटेको छ ।

‘भारतीय पक्षले खाली राख्नुपर्ने दसगजासमेत छोडेको छैन । ठाढीका स्थानीयले बनाएको कल्भर्टदेखि करिब ५० मिटर दक्षिणतर्फ भारतीय पक्षद्वारा निर्मित भारत नेपालमैत्री द्वारसम्म दसगजा क्षेत्र पर्छ,’ ठाढीका ६० वर्षीय रामआशीष पासवान भन्छन्, ‘करिब चार दशकअघिसम्म खाली रहेको दसगजा भारतीय पक्षले मिच्दै मिच्दै नेपालको बिन्दुसम्म आइपुगेको छ ।’

नेपालतर्फ दसागजा क्षेत्रमै गत फागुनको पहिलो साता भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाडीका बासिन्दाले रोकेका थिए । एसएसबीको संरक्षणमा स्वागतद्वार बनाउन खोजिएपछि ठाढीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका तत्कालीन इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालले स्थानीय बासिन्दालाई भेला गराई दबाब दिएपछि निर्माण रोकिएको स्थानीय ५५ वर्षीय रामचन्द्र साहले बताए ।

सर्वेक्षण टोलीद्वारा अनुगमन: भारतीय पक्षको जबर्जस्ती रोक्न स्थानीय बासिन्दाले तत्काल जिल्ला र केन्द्रलाई गुहारेपछि ठाडीमा नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाअन्तर्गत नेपाल भारत सीमा सर्वेक्षण टोली नं. २ धनुषा, जनकपुरबाट आएको टोलीले स्थलगत अनुगमन गरेको थियो । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले टोलीले ठाडीको विवादित सीमा क्षेत्रको वस्तुगत अवस्था अनुगमनपछि १० फागुन ०७५ मा लिखित प्रतिवेदन दिएको बताए ।

‘भारतीय पक्षबाट नेपाल भारत सीमा क्षेत्रको दसगजा क्षेत्रमा बनाउन लागेको स्वागतद्वार नेपालको दसगजा क्षेत्रमा पर्ने व्यहोराको लिखित प्रतिवेदन दिएपछि १७ फागुनमा गृहमन्त्रालयलाई लिखित जानकारी गराइयो,’ प्रजिअ अधिकारीले भने । उनका अनुसार नेपाल र भारत सीमाक्षेत्रमा रहेका सीमा स्तम्भको नियमित रेखदेख, अनुगमन र भारतीय समकक्षीसँग कुरा राख्नेबाहेक विवादित क्षेत्र र समाधानको विषयमा माथिल्लो तहबाट नै निर्णय गरिनुपर्ने भएकाले जिल्ला तहबाट प्रतिवेदनसहित लेखी पठाइएको छ ।

सिराहाको सीमा भारतको बिहान राज्यको मधुवनी जिल्लासँग पूर्व बलान र पश्चिम कमला नदीसम्म ४८ किलोमिटर खण्डसँग जोडिएको छ । सिराहा प्रशासनको तथ्यांकअनुसार सिराहामा मुख्य २७, सहायक १९ र सानो तीन सय ४२ गरी तीन सय ८८ वटा सीमा स्तम्भ छन्, जसमा मुख्य सात, सहायक दुई र सानो ३१ गरी ४० वटा मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रजिअ अधिकारीले भारतसँगको सीमाक्षेत्रमा गाडिएका सीमा स्तम्भमध्ये दुईवटा पछिल्लो वर्षामा ढलेकोबाहेक अन्य पूर्ववत् अवस्थामा रहेको बताए ।

नेपालतर्फको दसगजा मासेर भारतीयद्वारा उपभोग:सिराहा नगरपालिका–२० लगडी गदियानी भारतसँग सीमा जोडिएको नेपालको सीमावर्ती गाउँ हो । लगडीगदियानी गाउँको पारिपट्टि पर्ने भारत बिहारको लगडी पदमा गाउँका भारतीय नागरिकको घरआँगनमै जंगे खम्बा ठडिएको छ भने नेपालतर्फको दसगजा क्षेत्र बस्तुभाउ बाँध्ने थलो बनाइएको छ । लगडी पदमा गाउँ पुग्दा आइतबार दिउँसो स्थानीय ज्ञानी मुखियाको आँगनमै ठडिएको जंगे खम्बानजिकै कपडा सुकाइएको थियो भने दसगजामा उनले घरमा पालेका बस्तुभाउ बाँधेएका थिए ।

मुखियाको मूलघर मुख्य खम्बादेखि मुस्किलले पाँच फिट दक्षिण भारतपट्टि छ भने बस्तुभाउको थलो नेपालतिरको दसगजामै छ । करिब २५ वर्ष अघिसम्म भारततिरको दसगजा भारतीयहरूले मासे पनि नेपालतर्फको दसगजा खाली नै रहेको स्थानीय देवनारायण यादव बताउँछन् । ‘लगडीगदियानी गाउँका केही नेपालीको पनि जमिन पारिपट्टि रहेकाले बिस्तारै भारतीयहरूले नेपालतर्फको दसगजासमेत मिचेर उपभोग गरिरहेका छन्,’ यादवले भने ।

उनका अनुसार मासिएको नेपालतर्फको दसगजा क्षेत्रमा भारतीयहरूले नाकामा पसल टहरा चलाएका छन् भने भित्रतिर खेतबारी बनाएका छन् । ‘त्यसरी खेतीपाती गर्नेमा केही नेपाली पनि छन्,’ उनले भने, ‘सीमावर्ती गाउँ भएकाले कसैले बोल्दैनन् ।’ भारतीय लगडी गाउँका कपिलदेव यादवले गत जेठमा दुवै मुलुकका सीमा प्राविधिकहरूको टोलीले गाउँ क्षेत्रमा सीमास्तम्भ गाडेको भए पनि मासिएको दसगजा क्षेत्रको विषयमा कसैले केही नबोलेको बताए ।

दसगजा मिचेर धानखेती:सिराहा नगरपालिका–१५ बुधौराको दक्षिणपट्टि नेपाल भारत सीमाक्षेत्रमा सीमा मिचेरै धानखेती गरिएको छ । बुधौरा गाउँको दक्षिणपट्टि सीमामा गाडिएको २६६र१ र २६६र२ स्तम्भ रहेको क्षेत्रमा भारतीयले खेती गरिरहेको स्थानीयको भनाइ छ ।

स्थानीय वृद्ध ६५ वर्षीय रामजतन यादवले भने, ‘खाली रहनुपर्ने दसगजा मासेर भारतीयले वर्षौंदेखि खेतीपाती गरिरहेका छन् । दुवै मुुलुकका प्रशासन र प्रहरीको उदासीनताका कारण सीमा मिचिने क्रम रोकिएको छैन ।’ उनले भने ।

दसगजा नै गायब:भारतीय पक्षले आफ्नोतर्फको दसगजा क्षेत्र मासेर नेपालतर्फ समेत भन्सार चेकपोस्ट नै सञ्चालन गरेपछि ठाडीका नेपालीले बनाएको कल्भर्टदेखि पश्चिमतर्फ लौकहा आवतजावत गर्नेहरूले व्यक्तिको निजी जग्गालाई दसगजा मानेर बाटोको रूपमा प्रयोग गरिरहेका छन् । स्थानीय अशोक सिंहका तीन दाजुभाइको स्वामित्वमा रहेको तत्कालीन इनरवा गाविस–३ को कित्ता नं. २४८ को पोखरी र कि.नं.२४७ को पोखरी डिलमध्ये डिलदेखि दक्षिण करिब १० मिटर क्षेत्र बाटोको रूपमा प्रयोग भइरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार साबिकको दसगजा भारतीय पक्षले मिचेको विषयमा तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारलाई गुहारेको भए पनि सुनुवाइ नगरेपछि भारतीय पक्षले मनोमानी गर्ने क्रम नरोकेको स्थानीय शंकर साहले बताए । नयाँ पत्रिका दैनिकबाट