१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मितेरी सहर लिञ्जीद्वारा पोखरालाई एम्बुलेन्स प्रदान



अ+ अ-

कास्की। पोखरा महानगरको मितेरी सहर मित्रराष्ट्र चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहारस्वरूप प्रदान गरेको अत्याधुनिक एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री आज पोखरा आइपुगेको छ ।

लिञ्जी सहरले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत स्वास्थ्य सामग्री पोखरालाई सहयोग गरेको हो ।

विसं २०७९ मा पोखरा महानगरको नयाँ नेतृत्वलाई स्वागत गर्दै लिञ्जीले ती सामग्री सहयोगको घोषणा गरे पनि रसुवा (केरुङ) नाकामा भन्सार प्रक्रियाका कारण रोकिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

तत्कालीन व्यवस्थाअनुसार भन्सार छुटको सीमा रु १६ लाखसम्म मात्रै रहेको र स्वास्थ्य सामग्रीको मूल्य रु तीन करोड ५० लाखभन्दा बढी भएकाले सामग्री छुटाउन समस्या भएको थियो ।

त्यसपछि महानगरले विभिन्न निकायसँग समन्वय गर्दै भन्सार छुटका लागि पहल गरेको थियो।गत वर्षको बजेटमार्फत एम्बुलेन्स भन्सार छुटसम्बन्धी सीमा हटाइएपछि सामग्री ल्याउने प्रक्रिया अगाडि बढेको प्रमुख आचार्यले बताउनुभयो ।

यसबीच महानगरपालिकाको कार्यालयमा भएको आगलागीमा सम्बन्धित कागजात नष्ट भएपछि प्रक्रिया पुनः सुरु गर्नुपरेको थियो । पुनः आवश्यक प्रक्रिया पूरा गरी सामग्री फेरि मगाइएपछि ती सामग्री पोखरा महानगरपालिकाको परिसरमा आइपुगेका हुन् ।

“मितेरी सहर लिञ्जीबाट प्राप्त स्वास्थ्य सामग्री साढे तीन वर्षपछि पोखरा ल्याउन सफल भएका छौँ”, प्रमुख आचार्यले भन्नुभयो, “यो सहयोगले पोखराको स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्नुका साथै दुई सहरबीचको मैत्री सम्बन्ध अझ सुदृढ भएको छ ।”

उक्त सामग्री पोखरावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपयोग गरिनेछ । यसअघि पोखरामा आयोजित अन्तरराष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुन लिञ्जी सहरका मेयर मिस्टर बाटा नेतृत्वको टोली पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडानमार्फत आएको थियो ।

पोखराबाट समेत समयसमयमा मितेरी सहर लिञ्जीको भ्रमण हुँदै आएको छ । महानगरले सामग्री भन्सार छुटाएर एम्बुलेन्ससहितका सामग्री पोखरा ल्याउन सहयोग गर्ने नेपाल–चीन मैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे, भन्सार कार्यालय तथा नेपाल सरकारका विभिन्न निकायप्रति आभार व्यक्त गरेको छ । रासस