११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन

मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन
अ अ+ अ-

पर्वत। सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ ।

बजारमा कृषिजन्य वस्तुको अवस्था, मासुजन्य वस्तु तथा कृषि तथा भेटेरिनरीका बीउबिजन, विषादी र वस्तुभाउका औषधिको अवस्था, मूल्यसुची र गुणस्तरीयता परीक्षण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।

यहाँ जलजला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका पसलमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा अनुगमान गरिएको हो ।

तीनवटै पालिकामा गरी मासु पसल नौवटा, माछा पसल एक, भेटेरिनरी सेन्टर पाँच, डेरी उद्योग तीन र कृषि बीउ केन्द्र÷बीउ भण्डार तथा एग्रो सेन्टर तीन गरी जम्मा २० वटामा अनुगमन गरिएकोे भेटेरिनरी अस्पतालका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा ध्यान नदिइएको, पसल नवीकरण नगरिएको, विषादी र अन्य सामान एकै ठाउँमा राखेर बिक्री वितरण गरिएको, विषादी विक्रेताले खतराको चिह्न नराखेको, सबै प्रकारको मासु एउटै फ्रिजमा राखिएकोजस्ता समस्या देखिएका छन् । यसैगरी सेतो टायल लगाउन, दाउ र अचानो छुट्टाछुट्टै राख्न, हात धुनका लागि बेसिनसहितको धारा राख्नुलगायत सुझाव दिइएको छ ।

सप्ताहका अवसरमा पहिलोपटक गरिएको बजार अनुगमनमा समस्या देखिएका पसलमा सुधार गर्न एक साताको समयावधि दिइएको छ ।

तत्काल मूल्यसूची राख्न, मासु पसलमा आवश्यक पूर्वाधार निर्माण गर्न, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, विषादी वितरणमा आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सुधार नभएमा अर्को पटकको अनुगमनमा कारबाही गर्ने चेतावनी दिइएको छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल पर्ने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले जानकारी दिनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्चका अध्यक्ष सरिता भण्डारी, पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव खड्गप्रसाद खनाललगायत विभिन्न पालिकाका पशु तथा कृषि शाखा प्रमुखहरूको सहभागिता थियो ।

जिल्लाका अन्य पालिकामा रहेका बजार तथा पसलमा पनि अनुगमन गरिने कार्यालयले जनाएको छ । यसबाहेक जिल्ला प्रशासन कार्यालय, एकीकृत सेवा कार्यालय र सम्बन्धित पालिकाले समेत मातहतका पसलहरू अनुगमनको तयारी गरेका छ । रासस