११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु
अ अ+ अ-

सिरहा। सिरहाको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये अझै चार हजार २०१ विपन्न दलित तथा मुसहर परिवारको आफ्नै शौचालय छैन ।

यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन नगरपालिकाले विशेष रणनीतिसहित अभियान सुरु गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाले गैरसरकारी संस्था दलित जनकल्याण युवा क्लबसँग सहकार्य गर्दै मुसहर बस्तीहरूमा आधुनिक सामुदायिक शौचालय निर्माण कार्यलाई तीव्रता दिएको बताउनुभयो ।

उहाँले हालसम्म नगरका विभिन्न सुकुमवासी बस्तीमा छ वटा सुविधा सम्पन्न सामुदायिक शौचालयहरू निर्माण भई सञ्चालनमा आइसकेको जानकारी दिँदै अन्य क्षेत्रमा क्रमशः विस्तार गरिँदै लगिने बताउनुभयो ।

लहानलाई शतप्रतिशत शौचालययुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख चौधरीले भन्नुभयो, “जग्गा नभएर शौचालय बनाउन नसकेका विपन्न मुसहर परिवारका लागि हामीले छ वटा आधुनिक सामुदायिक शौचालय बनाइसकेका छौँ र अन्य ठाउँमा बनाउने क्रम जारी छ । लहानलाई खुला दिशामुक्त बनाउने यो अभियानलाई सम्पूर्ण नगरवासीले आफ्नो साझा अभियानको रूपमा आत्मसात गरेर सहयोग गर्न म अपिल गर्दछु ।”

अभियानलाई थप प्रभावकारी बनाउन नगरका विभिन्न वडामा ८१ वटा टोलस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समिति गठन गरी तल्लो तहदेखि नै काम सुरु गरिएको त्यस अवसरमा जानकारी दिइयो । यी समितिहरूमा स्थानीय युवा र क्लबहरूलाई सक्रिय बनाउँदै टोलटोलमा घरायसी तथा वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापन र पानीजन्य रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।

खानेपानी र सरसफाइको क्षेत्रमा सहकार्य गरिरहेको विकन परियोजनाका प्रबन्धक राजेश लोहनीले अभियानबारे जानकारी दिँदै भन्नुभयो, “हामीले टोलस्तरमै समितिहरू गठन गरेर युवाहरूलाई जिम्मेवारी सुम्पिएका छौँ । टोलटोलमा सुरु भएको यो अभियानले घरायसी सरसफाइ र स्वच्छताका सवालमा नागरिकको बानीव्यवहारमा ठूलो परिवर्तन ल्याउने विश्वास लिएका छौँ ।”

नगरप्रमुख चौधरीका अनुसार यही जेठ महिनाभित्र लहान नगरपालिका— ७ लाई औपचारिक रूपमा ‘खुला दिशामुक्त वडा’ घोषणा गर्ने तयारी पूरा भएको छ ।

वडा नं ७ लाई घोषणालगत्तै नगरका अन्य वडाहरूलाई पनि क्रमिक रूपमा खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त वडा बनाउँदै लगिने उहाँले बताउनुभयो । रासस