११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन
अ अ+ अ-

भक्तपुर। ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं ७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ ।

सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएका छन् ।

स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरी नगरपालिकाले घुम्ती हाटबजार सञ्चालन गरेको वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाले यसअघि वडा नं २, बालकोटस्थित गोदावरी करिडोरबाट घुम्ती शुभारम्भ भएको हाटबजार गत साता वडा नं ४ को दक्षिण बाराहीमा र आज गुण्डुमा सञ्चालन गरेको छ, आउँदो शनिबार वडा नं ९ चित्तपोलमा र त्यसपछि वडा नं ८ को सिपाडोलमा सञ्चालन गरी पहिलो चरणको घुम्ती हाटबजार सम्पन्न गरिने छ ।”

हाटबजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिनेगरी सञ्चालन भएको हाटबजारमा गुण्डुमा आज ३० वटा स्टल राखिएको थियो । स्टलमा स्थानीय उत्पादन, गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरू, कृषिको बीउबिजन, कम्पोष्ट मल, फल, नेवारीलगायत खाजाका विभिन्न परिकार राखिएको थियो ।”

वडावासीले मात्रै नभई नगरपालिकाभित्रका विभिन्न ठाउँबाट आएका उपभोक्तालाई व्यवसायीहरूले आज एकै दिन पाँच लाखभन्दा बढीको सामान बिक्री गरेको र सबैले हाटबजारलाई हरेक साता निरन्तरता दिनुपर्ने माग गरेको वडाध्यक्ष एवं प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले हाटबजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाटबजार सञ्चालन कार्यविधि स्वीकृत गरी सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समीक्षा गरी वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्नेगरी तयारी गरेको उहाँले बताउनुभयो । रासस