११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

‘यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ’

‘यातायात क्षेत्र सुधार्न यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्छ’
अ अ+ अ-

काठमाडौँ। यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि यात्रुलाई मीठो बोली र सफा खाना खुवाउनुपर्ने बताएका छन् ।

नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको सम्मानमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले बानी र व्यवहारले नेपालको सार्वजनिक क्षेत्र सुधार हुने बताउनुभएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले आफ्नो चारवर्षे कार्यकालमा नेपालको सार्वजनिक क्षेत्रमा धेरै सुधारका कामहरू भएको बताउनुभयो । “गोदावरी महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चुनिएपछि मैले महासङ्घलाई उचाइमा पु¥याउन सबैको साथ माया पाएँ,” उहाँले भन्नुभयो ।

उहाँले अबको यातायात क्षेत्र ‘मीठो बोली’ र ‘मीठो खाना’मा केन्द्रित हुनुपर्ने बताउनुभयो । “हामीले करोडौँको लगानी गरेका छौँ, एउटा गाडी किन्दा डेढ करोडसम्म पर्छ, तर, अझै पनि हामीलाई ‘गाडीवाला’का रूपमा मात्र हेरिन्छ, अब हामी साँचो अर्थमा व्यवसायी बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आफ्नो नेतृत्वले देशको समग्र यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । उहाँले दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री यातायातका लागि सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गर्नुभयो । अध्यक्ष सिटौलाले नेपालको यातायात क्षेत्र अब आधुनिक युगमा प्रवेश गरिसकेको बताउनुभयो ।

अध्यक्ष सिटौलाले १३ खर्ब लगानी र पाँच लाखभन्दा बढीलाई रोजगारी प्रदान गरेको सार्वजनिक यातायातलाई अगाडि बढाउन आफू दृढताका साथ लाग्ने उल्लेख गर्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेल, महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष राजेन्द्र आचार्यलगायतले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित, आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले  यातायात क्षेत्रमा रहेका पुराना प्रवृत्तिलाई त्यागेर २१औँ शताब्दी सुहाउँदो सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाल माइक्रो तथा बस कम्पनी प्रालिका सञ्चालक नवराज आचार्यले धराशयी बन्दै गएको नेपालको सार्वजनिक यातायालाई अगाडि बढाउन नवनिर्वाचित कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा महासङ्घका निवर्तमान अध्यक्ष स्वाँर र नवनिर्वाचित अध्यक्ष सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।  रासस