११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट
अ अ+ अ-

काठमाडौँ। देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विविभन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको हो ।

प्राप्त जानकारीअनुसार दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गएराति करिब रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै, ललितपुरको ललितपुर महानगपालिका–१४ ताल्चीखेलस्थित पाँचथर घर भएका ४१ वर्षीय सुजन सुहङले सञ्चालन गरेको न्यू खुकुरी रेष्टुरेन्टमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु चार लाख ५० हजार बराबरको धनमाल जलेको छ ।

यसैगरी कास्कीका पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा आगलागी भएको छ । सोही महानगरपालिका–३३ बागमारा बस्ने मुक्ति पनेरूले सञ्चालन गरेको उक्त पसलमा गएराति आगलागी हुँदा करिब रु दुई लाख बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ महाकाली टोल बस्ने बन्दा रानाको घरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

यसैगरी, सुनसरीको बर्जु गाउँपालिका–६ रामटोल बस्ने मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा शुक्रबार करिब रु दुई लाख बराबर क्षति भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–१ बनकरूवा बस्ने कालीप्रसाद ठाकुरको किराना पसलमा विद्युत् चुहावट भई आगालागी हुँदा करिब रु तीन लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सोही उपमहानगरपालिका–२ बस्ने ४२ वर्षीय अबनिश सिंहले सञ्चालन गरेको जय श्री लटिनाथ ट्रेडर्समा गएराति विद्युत चुहावट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । रासस