११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

‘एसइई’मा शत्प्रतिशत नतिजा ल्याउने काठमाडौँका चार विद्यालय

‘एसइई’मा शत्प्रतिशत नतिजा ल्याउने काठमाडौँका चार विद्यालय
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत्प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन्।

यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बालसेवा माध्यमिक विद्यालय झोछेँ छन्।

नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयले २०५५ सालदेखि नियमित रूपमा शतप्रतिशत नतिजा ल्याइरहेको छ। २०२८ मा स्थापित उक्त विद्यालय परिवारको अथक मिहिनेतले यस्तो नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक उपेन्द्र यादव बताउँछन्।

उक्त विद्यालयमा अध्ययन गर्ने कान नसुन्ने (बहिरा) २१ जना विद्यार्थी यस वर्षको एसइईमा सहभागी भएका थिए। यहाँ यस्ता विद्यार्थीलाई दृश्यको माध्यमबाट शिक्षण सिकाइ गरिँदै आएको छ।

२०७२ देखि निरन्तर शतप्रतिशत नतिजा ल्याउन सफल भएको श्रम राष्ट्रिय माध्यमिक विद्यालयले २०८२ सालको एसइईमा पनि आफूलाई अब्बल साबित गरेको छ।

विद्यालयका सहायक प्रधानाध्यापक सरोज खनालले फरक पठनपाठन संस्कार र निरन्तर मेहनतले उत्कृष्ट नतिजा ल्याउन सहज भएको बताए। उनले भने, ‘हामी चाडपर्वको दिनबाहेक अन्य कुनै पनि बिदामा विद्यालय बन्द गर्दैनौँ। अनिवार्य विषयहरू गणित, विज्ञान र अङ्ग्रेजीको नियमित पठनपाठन हुन्छ।

यसरी राम्रो नतिजासहित ल्याउन अहोरात्र खटिने सबै विषयगत शिक्षकका कारण यस्तो सम्भव भएको हो।’ यसैगरी, बाल व्यवसायी माध्यमिक विद्यालय विगत दुई वर्षदेखि शत्प्रतिशत नतिजा ल्याइरहेको छ। २०२८ मा स्थापना भएको उक्त विद्यालयले शारीरिक रूपमा अशक्त बालबालिकालाई पनि अध्ययन अध्यापन गराउँदै आएको प्रधानाध्यापक रामचन्द्र ढुंगानाले जानकारी दिए। यस विद्यालयबाट २०८२ मा परीक्षा दिएका सबै ३३ विद्यार्थी नै ‘ग्रेडेड’ भएका छन्।

यसपटक एसईईमा शतप्रतिशत नतिजा ल्याउनेमा बालसेवा माध्यमिक विद्यालय झोछेँ पनि पर्छ। विगतमा भौतिक पूर्वाधारको अभावका कारण यस विद्यालयमा बालबालिका टिकाउनै कठिन थियो।

पछिल्लो समय महानगरपालिकाले शिक्षामा गरेको लगानी र विद्यालय परिवारको निरन्तर मिहिनेतले बालबालिकालाई टिकाउन र गुणस्तरीय शिक्षण सिकाइका लागि पनि सहज भएको प्रधानाध्यापक मञ्जु पाठकले बताइन्।

उनका अनुसार यस विद्यालयमा करिब ९० प्रतिशत बालबालिका आर्थिक रूपमा विपन्न परिवारका छन्।
महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालले यस वर्ष महानगरका ७६ दशमलव ७५ प्रतिशत विद्यार्थी एसइईमा ‘ग्रेडेड’ भएको जानकारी दिए। नतिजा सुधार कार्यक्रम लागू भएका विद्यालयमा एसइई नतिजा सन्तोषजनक रहेको उनले बताए। रासस