११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘ज्येष्ठ पत्रकार पेन्सन कोष’ स्थापना

पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘ज्येष्ठ पत्रकार पेन्सन कोष’ स्थापना
अ अ+ अ-

खोटाङ। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेको छ ।

पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको हो ।

ज्येष्ठ पत्रकारहरूको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरूको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिनुभयो ।

“पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउन ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ । यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा रु १० लाख जम्मा गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “कोषबाट ६५ वर्ष पूरा गरेका पत्रकारलाई हरेक महिना मासिक रु तीन हजारका दरले पेन्सन प्रदान गर्छौं । जुन व्यक्ति २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आबद्ध भएको हुनुपर्नेछ ।”

ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको मातहतमा रहनेगरी छुट्टै कोष स्थापना गरिएको छ । पत्रकारहरूको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पु¥याउन ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष स्थापना गर्ने निर्णय गरिएको सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभयो ।

पेन्सन कोषबाट प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार, व्यङ्ग्ये चित्रकार लगायतले सुविधा लिनसक्ने कार्यविधिमा उल्लेख गरिएको छ । पेन्सन कोषको सुविधा लिने ज्येष्ठ पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा नरहेको हुनुपर्ने पत्रकार महासङ्घले जनाएको छ ।

सूचना तथा प्रशारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा नपरेको तथा नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएको व्यक्तिलाई समेत सुविधा उपलब्ध नगराइने पत्रकार महासङ्घले बनाएको कार्यविधिमा उल्लेख छ । पत्रकार महासङ्घले स्थापना गरेको पेन्सन कोषले पत्रकारिता पेसामा लामो समयदेखि योगदान दिएका पत्रकारहरूको सम्मान तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ ।

पेन्सन कोषलाई थप व्यवस्थित गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न दातृ निकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहयोग लिइने पत्रकार महासङ्घले जनाएको छ । विसं २०६१ सालमा स्थापना भएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा हाल ३१ जना साधारण सदस्य रहेका छन् ।

पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको कामसमेत गत चैतबाट सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुईतले पक्की कार्यालय भवन निर्माणको काम सुरु गरिएको हो ।

मोहन एन्ड बेँसीगाउँ–रूपाकोट–सरस्वती जेभी खोटाङले ठेक्का प्रणालीमार्फत निर्माण सुरु गरेको पत्रकार महासङ्घ खोटाङको भवन २०८४ साल पुस २३ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्नुपर्नेछ ।

पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन नहुँदा अहिले दिक्तेल बजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर साँघुरो कोठाबाट कार्यसञ्चालन गर्दै आएको छ ।

पत्रकार महासङ्घ खोटाङका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले विसं २०६३ निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा यसअघि निर्माण गरिएको ढुङ्गा/माटोको कच्ची भवन उपयोगविहीन भएको थियो । रासस