११ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न सामुदायिक संस्थाको भुमिका अपरिहार्यः राष्ट्रिय योजना आयोग विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासका सशस्त्र शाखा प्रमुखको इजरायली आक्रमणमा मृत्यु



अ+ अ-

जेरुसलेम। हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल-हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ ।

अल-हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ । प्यालेस्टेनी सशस्त्र इस्लामिक लडाकू समूह (हमास)ले पनि अल-हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि, इजरायली सेना र गुप्तचर सेवाले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेता र लडाकू कमान्डरलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन् ।

शुक्रबार सेनाले गाजामा अल-हद्दादलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो भने उहाँको मृत्यु भएको पुष्टि शनिबार गरेको हो । सेनाले आफू र शिन बेट घरेलु सुरक्षा निकायलाई सङ्केत गर्दै भनेको छ, “इजरायली रक्षा बल (आइडिएफ) र इजरायली सुरक्षा निकाय (आइएसए) ले शुक्रबार गाजाको शहरी क्षेत्रमा गरेको एक सटीक आक्रमणमा हमासको सशस्त्र शाखाका प्रमुख अल-हद्दादको मृत्यु भएको छ ।” हमासका दुई अधिकारीले पनि हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि गरेका छन् ।

“हमासका एक वरिष्ठ अधिकारी (सिनियर कमान्डर)ले भने, “गाजा शहरमा एक आवासीय अपार्टमेन्ट र एक नागरिक गाडीलाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा एजेदिन अल-हद्दादले शाहदत प्राप्त गर्नु भएको छ ।” हमासको सशस्त्र शाखाका एक अर्का सदस्यले उहाँको मृत्युको पुष्टि गरेका छन् ।

हमास निकट स्रोतका अनुसार, हद्दाद, उहाँकी श्रीमती र एक छोरीसहितको इजरायली आक्रमणमा मृत्यु भएको थियो । एएफपीका तस्बिरमा शोकाकुल व्यक्तिले हमासको झन्डाले बेरिएको हद्दादको शवलाई भवनको भग्नावशेषबाट उठाएर स्ट्रेचरमा बोकेको देखाइएको छ । इजरायली सेनाले अक्टोबर ७ को नरसंहारको योजना र कार्यान्वयनको निर्देशन दिएका हद्दाद हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डर मध्ये एक भएको बताएको छ ।

युद्धका क्रममा बन्धक इजरायलीलाई लुकाएर राख्ने र ठाउँ सार्ने व्यवस्था गर्नेे काममा पनि हद्दाद संलग्न रहेको बताइएको छ । “हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका र बन्धकलाई ढाल बनाएर पटक–पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए,” विज्ञप्तिमा भनिएको छ । इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्वपूर्ण उपलब्धि’ भन्नुभएको छ ।

“मैले फिर्ता भएका बन्धकसँग गरेको प्रत्येक कुराकानीमा बारम्बार अल-हद्दादको नाम आउने गरेको थियो,” जमिरले भन्नुभयो । उहाँले भन्नुभयो, “आज हामी अल-हद्दादलाई हटाउन सफल भयौँ ।

आइडिएफले शत्रुलाई पछ्याउने कामलाई जारी राख्ने छ, उनीहरूलाई आक्रमण गर्ने छ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जवाफदेही बनाउने छ ।” इजरायलले अक्टोबर ७ को आक्रमणको प्रमुख योजनाकार मानिने याह्या सिनवारसहित धेरै हमास नेताको युद्धको क्रममा मृत्यु भएको आक्रमणको जिम्मेवारी लिएको छ । रासस/एएफपी