११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ ।

  नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

त्यस क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम छ सय ४० मिलिग्रामसहित सात जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, सोही नगरपालिका–८ बस्ने ३७ वर्षीय बिक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, काठमाडौं चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौं गौशाला पिङगलस्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन् ।

यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–८ कुशल चोकबाट  लागुऔषध ट्रामाडोल दुई हजार २१० ट्याब्लेट र स्पास्पेन दुई हजार ३२० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई गएराति पक्राउ गरिएको छ ।

यसैगरी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीबाट लागऔषध स्पास्मो चार सय ८० ट्याब्लेटसहित सोही नगरपालिका–११ मसिना बस्ने ३३ वर्षीय बर्कत अली, झापाबमे कनकाई नगरपालिका–५ चाप्रमारीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ९७० मिलिग्राम कमल गाउँपालिका–५ बस्ने २६ वर्षीय काले भन्ने जीतबहादुर लिम्बु र दमक नगरपालिका–६ बस्ने २० वर्षीय प्रदिप रसाइलीलाई शुक्रबार नै पक्राउ गरिएको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–२ स्थित आर बि होटलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय २० मिलिग्रामसहित होटलका संचालक कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का ३६ वर्षीय तिलकबहादुर वलीसहित चार जना, जिल्लाकै टीकापुर नगरपालिका–९ खक्रौलाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम एक सय ६० मिलिग्रामसहित दुई जना, सोही स्थानबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन ग्राम ६६० मिलिग्रामसहित तीन जना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ८० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको जनाइएको छ ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन सय ५० मिलिग्रामसहित एक जना, धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मादेन डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखालाई करिब ९२ किलो लागुऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट २१ किलो ३१० ग्राम लागुऔषध गाँजासहित पर्सा बिन्दबासिनी गाउँपालिका–४ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई आज बिहान बिहान प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस