३१ श्रावण २०८३, आईतवार
,
Latest
बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल



अ+ अ-

काठमाडौँ। आइसिसी विश्वकप लिग–२ को शश्रंखलामा अमेरिकामाथि फराकिलो जितपछि नेपालका शतकधारी कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शिर्ष ब्याटरले रन बनाउन सक्दा खुशी भएको बताएका छन् ।

ओपनर कुशलले शतक पूरा हुँदा त्यसबारे व्यक्त गर्ने आफूसँग शब्द नभएको र शिर्ष ब्याटरले रन बटुल्दा भने धेरै खुशी रहेको प्रतिक्रिया दिए ।

जितपछि पत्रकार सम्मेलनमा कुशलले शिर्ष ब्याटरबाट राम्रो शुरुवात नभएको लामो समय भएकाले आज राम्रो हुँदा खुशी रहेको बताएका हुन् ।

आफ्नो शतकभन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको उनको भनाइ छ । ओमानसँग आफूले खराब सट खेले पनि टी ट्वान्टीमा आफूले राम्रो ब्याटिङ गरेको बताउँछन् ।

ओमानसँग राम्रो सुरुआत पाएर पनि खराब सट खेल्दा तीन म्याच बाहिर बस्नु परेको उनको भनाइ छ । समग्रमा नेटमा आफूले राम्रो ब्याटिङ गरे पनि खेलमा त्यसलाई लागू गर्न नसकेको उल्लेख गरे ।

उनले शीर्ष ब्याटरका रूपमा आफू र आशिफ शेखले राम्रो गर्न सक्यो भन्ने जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताए । त्यसैले पनि खेलका क्रममा यसबारे आसिफसँग कुराकानी भएको उनी बताउँछन् ।

त्यसमा सफल पनि हुँदा आफू खुशी रहेको उनले उल्लेख गरे । विकेट हेर्दा सहज भए पनि अमेरिकाले कम योगफल बनाएको उनको बुझाइ छ ।

आफू आक्रामक र आसिफ अली स्लो खेल्ने नेचरको रहेको उनले उल्लेख गरे । जिम्बाब्बेसँग शतकनजिक पुगेर चुक्दा दुःख लागेको उनले उल्लेख गरे ।

आगामी खेलमा पनि राम्रो दर्शक आउने उनको आशा छ । अहिले टोलीभित्र पर्न धेरै प्रतिस्पर्धा रहेको उनी बताउँछन् ।–न्युज एजेन्सी नेपाल