३१ श्रावण २०८३, आईतवार
,
Latest
बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का



अ+ अ-

कर्णाली। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताउनुभयो ।

पूर्वकार्यवाहक सभापति खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न पार्टी नेता र कार्यकर्ता गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सभापति गगनकुमार थापालाई सिङ्गो कांग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गर्नुभयो ।

खड्काले घेराबन्दी र गुटबन्दीबाट जोगिएर सही नेतृत्व गर्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले कांग्रेसमा समस्या आउँदा देशले नै समस्या भोग्नुपरेको स्मरण गर्दै हाल देखिएका समस्या समाधान गरेर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस नेता जीवनबहादुर शाहीले पार्टीलाई बलियो बनाउन जिम्मेवार भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो । रासस