११ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न सामुदायिक संस्थाको भुमिका अपरिहार्यः राष्ट्रिय योजना आयोग विश्वकप क्रिकेट लिग–२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतका किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण



अ+ अ-

पर्वत। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शत्प्रतिशत अनुदानमा पर्वतका ५७ जना किसानलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको जानकारी दिएको छ ।

व्यावसायिक रूपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमा नै पुगेर माछा विवरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानबाट निवेदन सङ्कलन गरी सबै किसानलाई माछाका भुरा उपलब्ध गराइएको छ । किसानको पोखरीको क्षमता र मागका आधारमा भुराहरू उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत रु दुई लाख बजेट विनियोजन गरेर माछाका भुरा वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय हावापानीसँग सहज रूपमा हुर्कन सक्ने कमनकार्प जातका भुरा किसानलाई उपलब्ध गराइएको हो । “यो जातको माछा एक वर्षमै करिब दुई किलोसम्म पुग्ने भएकाले किसानलाई राम्रो आम्दानी लिन सहज हुन्छ,” उहाँले भन्नुभयो ।

कार्यालयले मत्स्य अनुसन्धान केन्द्र वेगनासपोखराबाट माछाका भुरा खरिद गरी किसानलाई विवरण गरेको जनाएको छ । यो केन्द्र नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत सञ्चालनमा रहेको मत्स्य अनुसन्धान संस्था हो ।

यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्यपालन विस्तारसँगै किसानको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।

पर्वतको मोदी, कुश्मा, फलेवास, जलजला र पैँयूमा व्यावसायिक माछापालन गरिँदै आएको छ । पछिल्लो समय माछाको उपभोग गर्ने उपभोक्ताहरूको सङ्ख्या समेत बढ्दै गएकाले माछाका भुरा माग गर्ने किसानको सङ्ख्या पनि बढेको कार्यालयले जनाएको छ । रासस