११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

‘विस्थापित परिवारका बालबालिकामाथि विभेद र मानसिक स्वास्थ्यको चुनौती–एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा’

‘विस्थापित परिवारका बालबालिकामाथि विभेद र मानसिक स्वास्थ्यको चुनौती–एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा’
अ अ+ अ-

काठमाडाैं । काठमाडौं महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’मा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरु गरेको छ ।

महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू (प्याब्सन तथा एन-प्याब्सन) र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विस्थापित बालबालिकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन् ।

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढाइएको हो । सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले व्यहोर्नेछन् ।

हाल होल्डिङ सेन्टरमा रहेका करिव ३ सय परिवारमध्ये पहिलो चरणमा स्क्रिनिङ गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ । बाँकीमध्ये १० वर्षभन्दा माथिका २० बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा पढाउने सहमति भएको छ, जसमध्ये १३ जनालाई शुक्रवार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ ।

विगत तीन दशकदेखि प्राकृतिक विपत्तिको सामना गर्दै आउनुभएकी सर्लाहीकी गीता लामा यतिबेला पुनः विस्थापित हुनुभएको छ । वि.सं. २०५० सालको विनाशकारी बाढीदेखि नै पटक-पटक घरवारविहीन हुँदै संघर्ष गरिरहनुभएकी ५० वर्षीया लामा सरकारले नदी किनार र अव्यवस्थित बसोवासीहरुको घर भत्काएपछि संकटमा पर्नुभएको हो । हाल उहाँ काठमाडौं महानगरपालिकाले व्यवस्था गरेको होल्डिङ सेन्टरमा आश्रय लिइरहनुभएको छ ।

महानगरपालिकाले विस्थापित परिवारका लागि गाँस, बास र शौचालयको उचित प्रवन्ध गरेकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो । आफू कष्टकर अवस्थामा रहे पनि आफ्ना १२ वर्षीय नातीले राम्रो विद्यालयमा अध्ययन गर्ने अवसर पाएपछि उहाँको जीवनमा आशाको नयाँ किरण देखिएको छ ।

आफ्नो विगतको संघर्ष स्मरण गर्दै लामाले भन्नुभयो, ‘२०५० सालदेखि नै बाढीसँग लड्दै आइयो । घर भत्किने र बनाउने क्रम चलिरह्यो । अहिले पुनः घर भत्किएपछि हामी निकै तनावमा थियौँ, तर नातिले राम्रो स्कुलमा पढ्न पाउने भएपछि ठूलो राहत मिलेको छ ।’

आफ्ना छोराछोरीले उचित शिक्षा पाउन नसके पनि नातीको भविष्य उज्ज्वल हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । ‘मेरो नातिले राम्रोसँग पढोस् र भविष्यमा मैले जस्तो दुःख नपाओस् भन्ने मेरो चाहना छ’ उहाँले भन्नुभयो, ‘११ महिनादेखि एक रात पनि नछुटाई पालनपोषण गरेको नातिलाई पढाइको लागि आफूबाट टाढा राख्नुपर्दा मन भारी भएको छ, तर उसको सुन्दर भविष्यको सोचले मलाई हौसला दिएको छ ।’

आफ्नो नातीको भविष्य अब विद्यालय र सम्बन्धित निकायको हातमा रहेको उल्लेख गर्दै उहाँले नातिलाई राम्रो शिक्षा र संस्कार दिन आग्रहसमेत गर्नुभयो । पीडाका बीच एक बालकको शिक्षाका लागि भएको यो पहलले विस्थापित परिवारमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

अर्कोतिर,सरकारको अनधिकृत संरचना भत्काउने अभियानका कारण विस्थापित भई अस्थायी रूपमा आश्रय लिइरहेका बालबालिकाहरूले विद्यालयमा विभेद भोग्नुपरेको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् । अभिभावक स्मृति राईले हालै एक कार्यक्रममा बोल्दै बल्खुस्थित जन माध्यमिक विद्यालयमा अध्ययनका लागि पठाइएका बालबालिकाहरूमाथि विभेदपूर्ण व्यवहार भएको दाबी गर्नुभयो । उहाँकाअनुसार विद्यालयमा हुने विभेदका कारण बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्, जसले उनीहरूको मानसिक अवस्थामा दीर्घकालीन असर पर्ने जोखिम बढेको छ ।

उहाँले भन्नुभयो, ‘हामी पीडित अवस्थाबाट नानीबाबुहरूको भविष्य राम्रो हुन्छ भन्ने आशाले यहाँसम्म आएका हौँ । तर विद्यालयमा उनीहरूको पृष्ठभूमि र अवस्थालाई लिएर विभेद महशुस गरिएको छ । यस्तो व्यवहारले बालबालिकाको मानसपटलमा नराम्रो असर परिरहेको छ ।’

राईले अब बालबालिकाहरूलाई पठाइने नयाँ विद्यालय तथा छात्रावासका प्रधानाध्यापक र शिक्षकहरूलाई यस विषयमा संवेदनशील बन्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ वातावरणमा बालबालिकालाई विभेद नगर्न र त्यहाँका अन्य विद्यार्थीलाई समेत विपद् प्रभावित बालबालिकाहरूप्रति मर्यादित व्यवहार गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो ।

यसका साथै, बालबालिकाहरूलाई आगामी दिनमा कुन विद्यालयमा लैजान लागिएको हो भन्नेबारे अभिभावकहरूलाई स्पष्ट जानकारी दिन समेत उहाँले सम्बन्धित निकायसँग माग गर्नुभएको छ । विस्थापित बालबालिकाको शिक्षा र मनोसामाजिक स्वास्थ्यलाई ध्यानमा राख्दै समावेशी र विभेदरहित वातावरण सुनिश्चित गर्न सरोकारवालाहरूले पहल गर्नुपर्ने देखिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा र अवसरबाट वञ्चित रहेका बालबालिका तथा किशोरकिशोरीहरूलाई लक्षित गरी शैक्षिक सहयोग तथा सीपमूलक तालिम प्रदान गर्न थालिएको छ । गरिबी र ठूलो पारिवारिक सङ्ख्याका कारण विद्यालय जान र सीप सिक्न कठिनाइ भोगिरहेका परिवारका सदस्यहरूलाई यस्तो सहयोग उपलब्ध गराइएको हो । यसै क्रममा, स्थानीय निर्जला पासवानको परिवारका सदस्यहरूले पनि यो सुविधा प्राप्त गरेका छन् ।

पासवानकाअनुसार उहाँको परिवारको न्युन आर्थिक अवस्था र ठूलो परिवार सङ्ख्याका कारण बालबालिकाको उचित शिक्षादीक्षामा अवरोध पुग्दै आएको थियो । हाल उहाँका भाइहरूलाई छात्रावास (होस्टल) मा राखेर अध्ययन गराउने व्यवस्था मिलाइएपछि परिवारमा खुशीयाली छाएको छ । विगतमा घरमै बसिरहेका बालबालिका र युवाहरूलाई लक्षित गरी दुई महिनाको कम्प्युटर कक्षाका साथै विभिन्न सीपमूलक तालिमहरू पनि सञ्चालन गरिएको छ ।

एसएलसी उत्तीर्ण गरेर थप अवसरको पर्खाइमा रहनुभएकी निर्जला पासवान स्वयंले पनि अहिले कम्प्युटर तालिम लिइरहेको जानकारी दिनुभयो । आफ्नो परिवारको कमजोर आर्थिक स्थितिका कारण भाइहरूलाई कम्तीमा कक्षा १२ सम्मको शिक्षा सुनिश्चित गरिदिए उनीहरूको भविष्य उज्ज्वल हुने अपेक्षा पासवानले व्यक्त गर्नुभयो । सीप र शिक्षाको उचित व्यवस्थापनले आफूहरू जस्ता विपन्न वर्गका लागि ठूलो राहत पुग्ने उहाँले बताउनु भयो । सम्बन्धित निकायले बालबालिकालाई आवासीय शिक्षाका साथै अन्य व्यवहारिक सीपहरु पनि प्रदान गर्ने तयारी गरेको बताइएको छ ।

काठमाडौं महानगरपालिकाले नदी किनारा तथा जोखिमयुक्त क्षेत्रबाट विस्थापित भई कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बसोवास गरिरहेका अव्यवस्थित बसोवासीका बालबालिकाहरुको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरु गरेको हो । महानगरपालिका, सम्बन्धित विद्यालय र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विस्थापित बालबालिकाहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार विस्थापित परिवारका बालबालिकाहरुलाई शिक्षाको मूलधारमा ल्याउन निजी विद्यालयका छाता संगठनहरु प्याब्सन र एन-प्याब्सनको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको हो । सम्झौताअनुसार विद्यालयहरुले बालबालिकाको पढाइ, आवास तथा छात्रावासको सम्पूर्ण खर्च व्यहोर्नेछन् । होल्डिङ सेन्टरमा रहेका करिव ३०० परिवारमध्ये पहिलो चरणमा स्क्रिनिङ्ग गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिसकिएको छ ।

बाँकीमध्ये १० वर्षभन्दा माथि उमेर समूहका २० जना बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा पढाउने गरी  सम्झौता गरिएको हो । सम्झौता भएका २० मध्ये १३ जना बालबालिकालाई सोमबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ भने बाँकी ७ जनालाई पनि छिट्टै व्यवस्थापन गरिने महानगरले जनाएको छ ।

शुरुमा १० वर्षभन्दा कम उमेरका बालबालिकालाई छात्रावासमा राख्न केही व्यवहारिक कठिनाइ देखिए पनि केही शैक्षिक संस्थाहरुले उनीहरुलाई पनि पढाउने इच्छा व्यक्त गरेका छन् । अभिभावक राजी भएको खण्डमा १० वर्षमुनिका बालबालिकालाई समेत एसईईसम्मको पूर्ण छात्रवृत्ति र छात्रावास सुविधा उपलब्ध गराउने तयारी महानगरको छ ।

यस अभियानमा काठमाडौं महानगरपालिकाले शैक्षिक सामग्री उपलब्ध गराउने, नियमित अनुगमन गर्ने र अभिभावक तथा विद्यालयबीच समन्वय गर्ने भुमिका निर्वाह गर्नेछ । प्याब्सन र एन-प्याब्सनका प्रतिनिधिहरुले कानूनले तोकेको १० प्रतिशत छात्रवृत्ति कोटाअन्तर्गत विस्थापित बालबालिकाहरुलाई देशभरका आफ्ना सदस्य विद्यालयहरुमा व्यवस्थापन गर्न परिपत्र गर्ने प्रतिवद्धता जनाएका छन् ।

हाल कीर्तिपुरस्थित राधास्वामी आश्रममा रहेका विस्थापितहरुको खानपान र व्यवस्थापनको पूर्ण जिम्मेवारी महानगरपालिकाले लिइरहेको छ । महानगरपालिकाले अन्य स्थानमा रहेका विस्थापित बालबालिकाहरुलाई पनि सरकारी विद्यालयमा निःशुल्क शिक्षा र निजी विद्यालयमा छात्रवृत्तिको पहुँच पुर्‍याउन सहजीकरण गर्ने जानकारी दिएको छ ।