२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती आक्रमणः ९ सुरक्षाकर्मीको मृत्यु, २१ जना घाइते



अ+ अ-

काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुनख्वामा भएको एक आत्मघाती बम विष्फोटमा परी ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २१ जना अन्य घाइते भएका छन् ।

प्रहरी स्रोतका अनुसार बाजाउर जिल्लास्थित स्काउट्स क्याम्पको मुख्यालयलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक सवारी साधन ठोक्काएर उक्त आत्मघाती आक्रमण गराइएको हो ।

प्रारम्भिक विवरणअनुसार विस्फोटक पदार्थ बोकेको सवारी साधन मुख्यालयको मुख्य ढोकातर्फ अघि बढेको थियो । त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले उक्त सवारीलाई रोक्ने प्रयास गर्दा विष्फोट भएको र त्यसबाट मुख्य ढोका तथा वरपरका पर्खालहरूमा ठूलो क्षति पुगेको छ ।

विष्फोटलगत्तै अत्याधुनिक हतियारसहित आएका सशस्त्र विद्रोहीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।  त्यसपछि मुख्यालयमा रहेका सुरक्षा बल र विद्रोहीहरूबीच केही समय दोहोरो मुठभेड भएको थियो ।

दोहोरो गोली हानाहानको क्रममा केही आतंककारीहरू पनि मारिएको बताइएको छ, यद्यपि उनीहरूको यकिन संख्या भने खुल्न सकेको छैन । गोली हानाहान रोकिएपछि सुरक्षा फौजले उक्त क्षेत्रमा उद्धार तथा खानतलासी अभियान (सर्च अपरेसन) शुरु गरेको छ ।

घाइते सुरक्षाकर्मीहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ भने मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

हालसम्म कुनैपनि समूहले यस भीषण आक्रमणको जिम्मेवारी लिएको छैन । सुरक्षा बलले उक्त क्षेत्रलाई घेराबन्दी गरी थप अनुसन्धान जारी राखेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल