२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा पाँचवटा उपग्रहसहित ’लिजियान–१ वाई १३’ रकेटको सफल प्रक्षेपण



अ+ अ-

काठमाडौँ।  चीनले शुक्रवार ‘लिजियान–१ वाई १३’ क्यारियर रकेटमार्फत पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

उत्तर–पश्चिम चीनको डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट बेइजिङ समयअनुसार दिउँसो १२ः३३ बजे उक्त रकेट प्रक्षेपण गरिएको थियो ।

रकेटले बोकेका पाँचवटै उपग्रहहरूलाई सफलतापूर्वक तिनको निर्धारित कक्षमा स्थापित गरेको छ । यो लिजियान–१ क्यारियर रकेटको १३ औँ उडान र समग्र लिजियान श्रृंखलाको १४ औँ प्रक्षेपण हो ।

हालसम्म यस श्रृंखलाका रकेटहरूले कुल १८ टनभन्दा बढी तौलका १०० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पु¥याइसकेका छन् । ‘सीएएस स्पेस’ द्वारा विकसित लिजियान–१ एक ठोस–इन्धनयुक्त क्यारियर रकेट हो ।

द्रुत प्रतिक्रिया क्षमता भएको यस रकेटलाई युनिभर्सल प्लेटफर्ममा आधारित रहेर डिजाइन गरिएको छ, जसले गर्दा रकेट बडी र उपग्रह मिसनहरूबीच सहज समन्वय सम्भव हुने कम्पनीले जनाएको छ ।

यस मिसनअन्तर्गत प्रक्षेपण गरिएको ‘तियानयान–२७’ उपग्रहमा स्पेस डिस्प्ले स्क्रिन, निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा र अनबोर्ड इन्टेलिजेन्ट प्रोसेसिङ पेलोड जडान गरिएको छ ।

यस उपग्रहले नयाँ इन्फ्रारेड रिमोट सेन्सिङ प्रविधिको इन–अर्बिट प्रमाणीकरण गर्नुका साथै अन्तरिक्षबाट सेल्फी खिच्ने र बौद्धिक तथ्याङ्क प्रशोधन गर्ने जस्ता कार्यहरू गर्नेछ ।

सीएएस स्पेसका अनुसार कम्पनीले आगामी दिनमा रकेटको पुनः प्रयोग मोड्युलर डिजाइनको स्तरोन्नति र रकेटको स्वास्थ्य अनुगमन जस्ता मुख्य क्षेत्रहरूमा थप अनुसन्धान र विकास कार्यलाई निरन्तरता दिनेछ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल