१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै

सडक अतिक्रमणको चपेटामा नेपालगञ्ज

सडक अतिक्रमणको चपेटामा नेपालगञ्ज
अ अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ । चारलेन सडकको बिपी–गणेशमानचोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् । सडकको किनारमा रहेको फुटपाथ पैदलयात्रीका लागि आवतजावत गर्ने ठाउँ भए पनि त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले समेत अतिक्रमणकारीलाई साथ दिएको स्थानीयवासीको गुनासो छ । अतिक्रमण हटाउने अभियानमा उपमहानगरपालिकाले सहयोग र समन्वयका लागि अनुरोध गरेको जानकारी दिँदै सङ्घका अध्यक्ष नन्दलाल वैश्यले फुटपाथ तथा सडक अतिक्रमणमा आफूले सहयोग गर्ने उल्लेख गर्नुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सडक तथा फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्दै आएकालाई सूचना जारी गरिसकिएकाले अब सडक तथा फुटपाथमा राखिएका ठेला तथा पसलहरु जफत गरिने बताउनुभयो ।

“हामीले धेरै पटकसम्म सडक अतिक्रमण गरी पसल तथा ठेला नलगाउन अनुरोध गर्दै आउँदासमेत अटेरी गरेको हुँदा अब जफत भएका कुनै पनि सामान फिर्ता हुनेछैन”, उहाँले भन्नुभयो, “अतिक्रमणले फुटपाथमा हिँड्ने पैदलयात्रीलाई असुविधा भएकाले यस्तो अभियान चाल्न बाध्य भएका हौँ ।” गत वर्ष उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर फुटपाथ हटाउने प्रयास गरेको थियो ।

फुटपाथ अतिक्रमण गरेर व्यापार गर्दै आएका बिपीचोक र पुष्पलालचोक क्षेत्रका व्यापारीले उपमहानगरपालिकाको उक्त कदमको विरोध गरेपछि व्यापारीको विरोधपश्चात उपमहानगरपालिका हच्किएको थियो । फुटपाथ खाली गर्न सर्वपक्षीय र सर्वदलीय बैठकले नै सहमति दिएको थियो । चारलेन सडकको दायाँबायाँ २५ मिटरभित्र अहिले पुनः अस्थायी संरचना राखिएका कारण सडक दुर्घटनासमेत बढेको ट्राफिक प्रहरीका नायब निरीक्षक भीमराज वलीले बताउनुभयो ।