११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनमार्फत घरमै नक्सा



अ+ अ-

भोजपुर। प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ ।

नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् ।

यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट आवश्यक विवरण भरेर सजिलै आफ्नो जग्गाको नक्सा हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीले जानकारी दिनुभयो ।

गत साउन महिनाबाट ‘मेरो कित्ता’ नामको वेव साइटमार्फत घरबाट नै नक्सा लिने व्यवस्था सञ्चालन आएको उहाँले जानकारी दिनुभयो । यो सेवाले विशेषगरी दुर्गम तथा ग्रामीण भेगका नागरिकका लागि यो सेवा निकै उपयोगी रहेको उहाँको भनाइ छ । “नापी कार्यालयबाट हुने सेवालाई प्रविधिमैत्री बनाएका छौँ” प्रमुख गिरीले भन्नुभयो, “नक्सा लिनको लागि अहिले कार्यालयसम्म आउन पर्दैन । अनलाइनबाट नै सेवा लिन सकिन्छ ।”

उहाँका अनुसार अनलाइन प्रणालीमार्फत सेवा उपलब्ध गराउँदा समय, खर्च र जनशक्ति बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढेको छ । सेवाग्राहीले अब लामो लाइन बस्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने तथा अनावश्यक खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ छ ।

प्रणालीमार्फत जग्गाको नक्सा लिनका लागि सेवाग्राहीले जिल्ला, स्थानीय तह, वडा नम्बर, कित्ता नम्बरलगायत आवश्यक विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ । सो विवरणका आधारमा सम्बन्धित नक्सा तुरुन्तै प्रणालीमा देखिने र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ । डिजिटल माध्यमबाट सेवा विस्तार गरिँदै जाँदा सरकारी कार्यालयमा हुने भीडभाड घट्नुका साथै कर्मचारीको कार्यदक्षता पनि बढ्ने देखिएको छ ।

स्थानीयस्तरमा पनि यस सेवाप्रति चासो बढ्दै गएको छ । प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएका युवा पुस्ताले यो सेवाबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । अन्य नागरिकलाई अनलाइन प्रणाली प्रयोगबारे जानकारी गराउनेकार्य भइरहेको कार्यालयले जनाएको छ । रासस