११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव

शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव
अ अ+ अ-

काठमाडौँ। शिक्षा क्षेत्रका जनकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको अर्थशास्त्रीहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा वक्ताहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा नेपाल, भारत, बङ्गलादेशलगायत देशका अर्थशास्त्रीहरूको उपस्थिति थियो ।

सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायका पूर्वडीन प्रा डा डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताउनुभयो ।

भारतको बनारस हिन्दू विश्वविद्यालयको व्यवस्थापन सङ्कायका प्रमुख प्रा डा हरेन्द्रकुमार सिंहले शासकीय सफलताका लागि व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनुभयो ।

मधेस विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा अञ्जयकुमार मिश्रले प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएको चुनौतीलाई नेपालका अर्थशास्त्रीहरूले चिर्न सक्नुपर्ने बताउनुभयो ।

सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेले अर्थशास्त्रीहरू कुनै पनि मुलुकको सहयोगी शक्ति रहेको बताउनुभयो । आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा घनश्यामप्रसाद साहले दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र, अनुसन्धानका निष्कर्ष र विमर्शले राष्ट्रिय नीति निर्माणमा मद्दत पुग्ने बताउनुभयो ।

नेपाल कमर्श एशोसिएशनका अध्यक्ष डा दीपेन्द्रकुमार चौधरीले नेपालका शैक्षिक अनुसन्धाताहरूले विश्वव्यापी अर्थतन्त्र र समसामयिक सन्दर्भबारे गरेका अध्ययनहरू विश्वस्तरी भएको उल्लेख गर्नुभयो ।

शनिबारसम्म चल्ने सम्मेलनमा नेपालका सबैजसो विश्वविद्यालयका व्यवस्थापन संकायका प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू तथा व्यापार, वाणिज्य, प्रविधि र कानुनका विद्यार्थीहरू सहभागी हुनुहुन्छ । रासस