१० भाद्र २०८३, बुधबार
,
Latest
तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय समिति बैठक जेठ २८–२९ मा, महाधिवेशन तयारी तीव्र बनाउने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले आगामी जेठ २८ र २९ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय गरेको छ।
बैठकमा राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ ले हालै सम्पन्न निर्वाचनको समीक्षा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

सातवटै प्रदेशमा सम्पन्न समीक्षा बैठकबाट प्राप्त सुझाव समेटिएको उक्त प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन समिति बैठक हुँदै केन्द्रीय कार्यसमितिमा पेश गरिने जनाइएको छ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका कारण यसअघि स्थगित गरिएको पार्टीको जिल्ला, स्थानीय तथा सबै तहका अधिवेशन पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। निकट भविष्यमा महाधिवेशन हुने भएकाले विधानअनुसार स्थानीय तहदेखि प्रदेश तहसम्मका अधिवेशनलाई तीव्रता दिन पार्टी पंक्तिलाई आह्वान गरिएको छ।

पार्टीको आगामी महाधिवेशनको मिति निर्धारण तथा कार्यतालिका तयार गर्न उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल लाई जिम्मेवारी दिइएको छ।

यसैगरी, संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदलले माग गरेको सुझाव तयार पार्न पार्टीका सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा को संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गरिएको छ।

राप्रपाले आफ्नो स्थापित मान्यता र घोषणापत्रको भावनाअनुसार संविधान संशोधनसम्बन्धी सुझाव पेश गर्ने जनाएको छ ।




भर्खरै