११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीद्वारा मुद्रास्फीति प्रक्षेपणमा उल्लेख्य वृद्धि



अ+ अ-

काठमाडौँ। टर्कीले आफ्नो मुद्रास्फीति प्रक्षेपणलाई उल्लेख्य रूपमा वृद्धि गरेको छ ।

महँगी नियन्त्रण गर्ने प्रयासमा चुनौतीहरू थपिएपछि त्यहाँको केन्द्रिय बैंकले नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।

बिहीवार इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय बैंकका गभर्नर फातिह करहानले मुद्रास्फीति अनुमानमा गरिएको ठूलो परिमार्जनबारे जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैंकले सन् २०२६ का लागि मुद्रास्फीति प्रक्षेपणलाई साविकको १६ प्रतिशतबाट बढाएर २४ प्रतिशत पु¥याएको छ । अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण सिर्जित दबाबलाई यस वृद्धिको मुख्य कारण मानिएको छ ।

त्यसैगरी, बैंकले सन् २०२७ का लागि पनि मुद्रास्फीति प्रक्षेपण ९ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको छ । टर्कीको मुद्रामा आएको गिरावट र तत्कालीन समयको अपरम्परागत मौद्रिक नीतिका कारण सन् २०२२ को अक्टोबरमा वार्षिक मुद्रास्फीति दर ८५.५ प्रतिशतसम्म पुगेको थियो ।

सन् २०२३ को मध्यदेखि टर्कीले कसिलो र परम्परागत (अर्थोडक्स) आर्थिक नीति अवलम्बन गर्दै आक्रामक रूपमा मुद्रास्फीति घटाउने रणनीति अपनाएको छ ।

यस नीतिले मुद्रास्फीति कम गर्न सहयोग पुर्याए तापनि मूल्य वृद्धि अझै उच्च रहेको र बाह्य झट्काहरूका कारण यो अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल