११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत

‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत
अ अ+ अ-

काठमाडौँ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा आज सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । उक्त राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ ।

कार्ययोजनाको पहिलो खण्डमा मनसुनजन्य विपद् जोखिम विश्लेषण तथा प्रभाव आकलन गरिएको छ भने दोस्रो खण्डमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी जिम्मेवार निकाय र मुख्य जिम्मेवारी उल्लेख गरिएको छ ।

त्यसैगरी, तेस्रो खण्डमा विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना छ भने चौथो खण्डमा मनसुन पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यकपर्ने सम्पर्क व्यक्ति र अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्रीको विवरण राखिएको छ ।

त्यसैगरी, बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ । विपद्का घटना हुनासाथ खोज तथा उद्धारलगायत प्राथमिक कार्य तत्काल गर्न संस्थागत संयन्त्र स्वतःपरिचालित हुने व्यवस्था मिलाउन यो मापदण्डले दिशानिर्देश गर्ने जनाइएको छ ।

कार्यकारी समितिको बैठकबाट कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ स्वीकृत भएको छ । विपद् पूर्वतयारी गरी खोज तथा उद्धारलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न कृत्रिम घटना अभ्यास प्रणालीलाई स्पष्ट गर्न र एकरूपता दिन यो कार्यविधि तयार पारिएको जनाइएको छ ।

यसका साथै सोही बैठकले पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ । यस कार्यढाँचामा पूर्वानुमानका आधारमा विपद् घट्नुअघि प्रभावित समुदायको सहभागितामा पूर्वकार्य गरी विपद्को प्रभावलाई कम गर्नेसम्बन्धी व्यवस्था उल्लेख छन् ।

बैठकले विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ मा केही दफा र उपदफामा संशोधन गरिएको छ ।

यसका साथै, बैठकले जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालयमा २१ जना प्राविधिक जनशक्ति सहरी विकास मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । रासस