७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रागोठमा आगलागी : ५४ पाठापाठीसहित ५० परेवा मरे



अ+ अ-

पर्सा । पर्सामा एक बाख्रागोठमा आगलागी हुँदा ठूलो संख्यामा बाख्राका पाठापाठी जेलेर मरेका छन्। जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१ रामभवरेको इदु मिया धुनियाको बाख्रा गोठमा गए राति आगलागी भएको थियो।

आगोमा परेर भारतको महाराष्ट्रबाट ल्याइएका २ वटा उन्नत जातका बोकासहित ५४ वटा बाख्राका पाठापाठी जलेर मरेका छन भने ५० वटा परेवा पनि जलेर मरेका छन्। ५ वटा बाख्रा भने घाइते भएको प्रहरीले जनाएको छ।

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मध्यरातमा लागेको आगो प्रहरी र स्थानीयले राति ३ बजे निभाएका थिए।