२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटना, सुकुमवासी र नागरिक सुविधाबारे राष्ट्रियसभामा बहस



अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सुकुमवासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नागरिक सुविधासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद कृष्णबहादुर रोकायले यही वैशाखमा रुकुम र अर्घाखाँचीमा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पहाडी क्षेत्रमा सडक सुरक्षा कमजोर हुनु, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा प्रभावकारी अनुगमनको अभाव मुख्य समस्या रहेको बताउनुभयो । उहाँले यस्ता दुर्घटना न्यूनीकरणका लागि सरकारले समयमै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई कानुनले व्यवस्था गरेका सेवा, सुविधा र अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । सांसद पूजा चौधरी, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै व्यवस्थित बसोबास र आधारभूत आवश्यकता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँहरूले सुकुमवासीको जीवनस्तर सुधारका लागि दीर्घकालीन योजना ल्याउन आग्रह गर्नुभयो । यसैगरी, सांसद रेणु चन्दले सिंहदरबार परिसरभित्र पैदल आवतजावत गर्ने सांसद तथा सर्वसाधारणलाई सहज हुने गरी दक्षिण गेट खुला गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद सावित्री मल्लले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पुरानै शैलीमा आधारित रहेको टिप्पणी गर्नुभयो । त्यसैगरी सांसद विष्णुबहादुर विश्वकर्मा र रुक्मणी कोइरालाले पनि समसामयिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।