२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दावी



अ+ अ-

तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ अब पहिलेभन्दा ठूलो भएको र यसलाई एक विशाल सैन्य र परिचालन क्षेत्रको रूपमा पुनः परिभाषित गरिएको बताएको छ ।

आइआरजिसीले यो समुद्री मार्ग अब साँघुरो जलमार्ग मात्र नभएर करिब ५०० किलोमिटर लामो फराकिलो क्षेत्र बनेको दाबी गरेको छ, जुन इरानको नयाँ नौसैनिक रणनीतिको हिस्सा हो ।

“सीमित क्षेत्रको परिभाषा अब समाप्त भएको छ” आइआरजिसी नौसेनाको राजनीतिक विभागका उपप्रमुख आइआरजिसी मोहम्मद अकबरजादेहले तस्निम समाचार एजेन्सीसँग भन्नुभयो, “पहिले हर्मुज जलडमरूमध्य हर्मुज र हेङ्गम जस्ता साना टापुहरू वरपरको सीमित क्षेत्रको रूपमा हेरिन्थ्यो, तर अब यो सोच पूर्ण रूपमा परिवर्तन भएको छ।”

उहाँले भन्नुभयो, “यो क्षेत्र अब एक विशाल सैन्य कोरिडोर बनेको छ जुन जास्क र सिरिकदेखि केश्म टापु र ग्रेटर टम्बसम्म फैलिएको छ।”

आइआरजिसीको रिपोर्टअनुसार पहिले यो क्षेत्र २० देखि ३० माइल (करिब ५० किलोमिटर) क्षेत्रमा मात्र सीमित रहेको मानिएको थियो, तर अहिले २०० देखि ३०० माइल (करिब ५०० किलोमिटर) सम्म विस्तार गरिएको छ । यो विस्तारलाई अर्धचन्द्राकार रणनीतिक संरचनाको रूपमा वर्णन गरिएको छ, जसले इरानको समुद्री निगरानीलाई अझ बलियो बनाउँछ।

अकबरजादेहले इरानले आफ्नो समुद्री सीमा र हितलाई नजिकबाट नियालिरहेको र कुनै पनि प्रकारको घुसपैठ सहने छैन भन्नुभएको छ।

उहाँले कडा प्रतिक्रिया दिँदै भन्नुभयो, “हाम्रो एक इन्च जमिन जोगाउन हामी रगत बगाउँनेछौँ, तर हामी यसलाई छोड्ने छैनौँ ।

आइआरजिसीले भनेको छ, “नयाँ नियमहरू अब स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा लागू हुनेछन्। इरानले तोकेको बाटो मात्र सुरक्षित मानिनेछ । नियम उल्लङ्घन गर्ने पानीजहाजलाई कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।”

क्षेत्रीय तनावका बीच इरानको अडान यस्तो समयमा आएको छ जब मध्यपूर्वमा तनाव निकै उच्च छ । इरानले हालै अमेरिका र इजरायलको नीतिलाई गैरकानुनी सैन्य कारबाही भनेको छ ।

इरानले मार्चदेखि ‘शत्रु’ को जहाजहरूको आवागमनमा प्रतिबन्ध लगाएको छ भने अमेरिकाले इरानी बन्दरगाहमा प्रतिबन्धको घोषणा गरेको छ। इरानले अमेरिकाको यी कदमलाई ‘समुद्री डकैती’ को संज्ञा दिएको छ । रासस




भर्खरै