५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ ।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।

उच्च अदालतले यही वैशाख २१ गते जिल्ला अदालत काठमाडौँको फैसला सदर गर्दै धर्मशाला कोषअन्तर्गत रहने फैसला गरेको थियो ।

फैसलासँगै मारवाडी सेवा समितिले व्यापार– व्यवसाय सञ्चालन गरिरहेको धर्मशाला खाली गराउने प्रक्रिया सुरु भएको जोशीले बताउनुभयो ।

यसअघि, जिल्ला अदालत काठमाडौँले साढे दुई दशकदेखि समितिले प्रयोग गरिरहेको साबिक पशुपति वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको थियो । यसैलाई उच्च अदालत पाटनले सदर गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले उक्त फैसला सदर गर्दै ‘पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमिनमा समितिको मोहियानी हक नलाग्ने’ फैसला गरेको हो ।

धर्मशाला सञ्चालक समितिका महासचिव राजेश अग्रवालले भने कोषबाट हालसम्म आधिकारिक पत्र प्राप्त नभएको बताउनुहुन्छ । अदालतको पूर्ण पाठ आएपछि फैसलाअनुसार नै अघि बढ्ने उहाँले जानकारी दिनुभयो । रासस