५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा



अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ ।

अमेरिकी इन्धन नाकाबन्दीले सङ्कटको सामना गरिरहेको क्युवा यसको प्रमुख क्षेत्रीय सहयोगी भेनेजुयलाका पूर्व नेता निकोलस मदुरोलाई पक्राउ गरेपछि अवरुद्ध भएको छ ।

राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको एक पोस्टमा उहाँले क्युवालाई सङ्केत गर्दै भन्नुभएको छ, “कम्युनिस्ट शासित टापु एक असफल देश बनेको छ ।”

उहाँले विस्तृत विवरण नदिइकन लेख्नुभएको छ, “क्युबाले मद्दत मागिरहेको छ र हामी वार्ता गर्न जाँदैछौँ ।”

क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वासिङ्टनको प्रभुत्व बढाउने अभियानअन्तर्गत राष्ट्रपति ट्रम्पले क्युवाली सरकारलाई अपदस्थ गर्न खोजेको अड्कलबाजी वाशिङ्गटनमा बढ्दो छ।

यसै महिनाको सुरुवातमा ट्रम्पले फ्लोरिडाको तटबाट क्यारेबियन टापु अमेरिकाले ‘लगभग तुरुन्तै कब्जा’ लिने बताउनुभएको थियो ।

उहाँले भेनेजुएलाका लामो समयदेखि राष्ट्रपति रहेका मदुरोलाई पदच्युत गर्न अमेरिकी सैन्य कारबाहीपछि अर्को क्युबा हुने पनि बताउनुभएको थियो ।

क्युवा सन् १९६० को दशकदेखि एकपछि अर्को अमेरिकी प्रशासनसँग तनावमा छ । लगभग ९० माइल (१४५ किलोमिटर) को दूरीमा रहेको अमेरिकी राज्य फ्लोरिडामा एक ठूलो र राजनीतिक रूपमा प्रभावशाली क्युवाली निर्वासित समुदायले आश्रय लिइरहेको छ ।

भेनेजुएला समाजवादी राष्ट्र क्युवाका लागि कूटनीतिक र आर्थिक जीवन रेखा थियो र मदुरोको पतनले क्युबालाई अझ एक्लो बनाएको छ ।

तेल उत्पादक भेनेजुएला क्युवाका लागि इन्धनको मुख्य स्रोत थियो तर संयुक्त राज्य अमेरिकाले आपूर्ति मार्ग बन्द गरेपछि यहाँ चरम इन्धन सङ्कट देखिएको छ । इन्धन सङ्कटले विद्युत् खपत बढेकाले क्युवाले लामो र निरन्तरको लोडसेडिङको सामना गरिरहेको छ।

मे १ मा ट्रम्पले क्युवाली अर्थतन्त्रको प्रमुख हिस्सालाई लक्षित गर्दै नयाँ आर्थिक प्रतिबन्धको घोषणा गर्नुभएको थियो ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले यसलाई अमेरिकाको ‘सामूहिक सजाय’ र ‘एकपक्षीय जबरजस्ती’ कदमको संज्ञा दिनुभएको छ ।  (रासस/एएफपी)




भर्खरै