११ श्रावण २०८३, सोमबार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित



अ+ अ-

काठमाडौं। नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा दुई रनले पराजित भएको छ।

वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो। पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो।

जवाफी ब्याटिङमा नेपालले राम्रो सुरुवात गर्न सकेन, तर मध्यक्रमले खेललाई रोमाञ्चक बनायो। गुलशन झा ले विस्फोटक पारी खेल्दै अविजित ६१ रन बनाए। उनले मात्र ३५ बल सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरी ले ४९ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए (५ चौका, १ छक्का)। कप्तान रोहित पौडेल ले ३२ रन जोडे भने ओपनर आसिफ शेख ले २१ रन बनाए। करण केसी ले १८, विनोद भण्डारी ले १० र आरिफ शेख ले ३ रन बनाए। अर्जुन कुमाल शून्यमा आउट भए।

स्कटल्यान्डका ब्राडली करी (ब्राड करी) ले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। मार्क वाट ले २ विकेट तथा ओलिभर डेभिडसन र ज्याक जार्भिस ले १–१ विकेट हात पारे।

अन्तिम ओभरमा नेपाललाई १३ रन चाहिएको थियो। गुलशन झाले अन्तिमसम्म संघर्ष गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालले अन्तिम ओभरमा पर्याप्त रन बनाउन नसक्दा २ रनले हार व्यहोर्नुपर्यो।

यो हारसँगै नेपालले लिग–२ मा महत्वपूर्ण अंक गुमाएको छ। अब नेपालले सिरिजका बाँकी खेलहरूमा पुनरागमन गर्दै विश्वकप छनोटका लागि अंक संकलन गर्नुपर्ने चुनौती छ।