३१ श्रावण २०८३, आईतवार
,
Latest
कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारद्वारा खोज, उद्धार तथा राहत वितरण कार्यविधि स्वीकृत



अ+ अ-

विराटनगर। कोशी प्रदेश सरकारले कानुन न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् व्यवस्थापन अन्तर्गत खोज, उद्धार तथा राहत वितरण कार्यविधि स्वीकृत गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभित्र आठ वटा निर्णय गरेको थियो । सो निर्णयअन्तर्गत उक्त कार्यविधि स्वीकृत गरिएको सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेश बीउ बिजन कार्यविधि–२०८३, जीव नाषक विषादी व्यवस्थापन नियमावली–२०८३, उद्योग तथा सहकारी मन्त्रालय कोशी प्रदेश मातहत निकायको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनुभएका मन्त्री पराजुलीले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका मेसिनरी, सवारी साधनजस्ता सामान लिलामी गर्ने निर्णय स्वीकृत भएको, प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ लाई स्वीकृत गरेको, बृहत् विराट विकास क्षेत्र समितिको कार्यकारी निर्देशक छनोट तथा सिफारिश समिति गठन भएको निर्णय र विशेषज्ञ चिकित्सकको प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि– २०८२ स्वीकृत भएको जानकारी दिनुभयो । रासस




भर्खरै