६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको पोशाक र व्यवहारप्रति एमाले सांसद बरालको आपत्ति, संसदीय मर्यादा पालना गर्न ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का सांसद गुरु बरालले प्रधानमन्त्रीको पोशाक र संसदीय मर्यादाप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

संघीय संसदको संयुक्त बैठकमा बोल्दै सांसद बरालले राष्ट्रिय पहिचान र सुशासनका लागि प्रधानमन्त्रीले राष्ट्रिय पोशाकको पालना गर्नुपर्ने विषयमा सभामुखको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले राष्ट्रिय महत्वका बैठकहरूमा देशको कार्यकारी प्रमुखले राष्ट्रिय पोशाक लगाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरिरहँदा प्रधानमन्त्रीले देखाएको व्यवहारप्रति पनि उहाँले प्रश्न उठाउनुभएको छ ।

नीति तथा कार्यक्रम प्रश्तुत गर्ने प्रक्रियामा प्रधानमन्त्रीले सम्बोधनको बीचैमा बाहिरिएर बहिष्कार गरेको भन्दै बरालले यसबाट नीति तथा कार्यक्रमप्रति सरकारको अपनत्व माथि संशय उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आज देशले सुशासन र राष्ट्रिय मर्यादासँगै राष्ट्रिय पहिचानको माग गरेको छ । प्रधानमन्त्री ज्युले संयुक्त सदनको बैठकमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन ? हामीले कस्तो थिति बसाल्ने हो, म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’

संसदीय मर्यादाको उल्लंघन भएको दाबी गर्दै बरालले राष्ट्रपतिको संबोधन चलिरहेका बेला प्रधानमन्त्रीले करिव १५ मिनेटसम्म संवादमा अल्झिएर बसेको विषयलाई ‘अशोभनीय’ संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकको निश्चित मर्यादा हुन्छ । राष्ट्रपतिको संबोधन भइरहँदा प्रधानमन्त्री ज्युले संवाद र छलफलमा समय बिताउनु संसदीय मर्यादाविपरित छ । यस्ता गतिविधि रेकर्डबाट हटाइनुपर्छ ताकि भविष्यका लागि सही नजिर बसोस् ।’

सांसद बरालको जिज्ञासा र ध्यानाकर्षणपछि सभामुखले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराउनुभएको थियो । सभामुखले यस विषयमा अध्ययन गर्न र सत्यतथ्य बुझ्न संसद सचिवालयलाई निर्देशन समेत दिनुभएको छ ।–न्युज एजेन्सी नेपाल