५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको कम प्रयोग गरी विदेशी विनिमयको बचत गर्न भारतका प्रधानमन्त्री मोदीको निर्देशन



अ+ अ-

हैदरावाद। मध्यपूर्वमा जारी सङ्कटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गर्नुभएको छ ।

यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उहाँको भनाइ छ । उहाँले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा दिने सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले हैदराबादमा नौ अर्ब ४० करोड भारतीय रुपैँयाका परियोजनाहरूको उद्घाटन र शिलान्यास समारोहमा बोल्दै देशलाई मध्यपूर्वमा जारीे युद्धबिच आउने सबै खाले सङ्कटलाई टार्न नागरिकसमेतले विवेकपूर्णरूपमा दैनिकी चलाउनुपरेको उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने गरेको बताउँदै यस्तोमा यदि मानिसहरुले आवश्यकताभन्दा बढी पेट्रोल, डिजेल र ग्यासको प्रयोग गरे भने त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ ।

विश्व अहिले ठूलो ऊर्जा सङ्कटबाट गुज्रिरहेको र मध्यपूर्वमा जारी तनावले चिन्तालाई थप बढाएको उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदीले जनतालाई पेट्रोलियम पदार्थको बुद्धिमानीपूर्वक प्रयोग गरी विदेशी विनिमयको बचत मात्र नभएर युद्ध र विश्वव्यापी संकटको प्रभाव पनि कम गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, पछिल्ला केही वर्षमा भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वका प्रमुख देशहरूमा सम्मिलित भएको छ। पेट्रोलमा इथानोल मिसाउने काम तीव्र गतिमा अघि बढाइएको छ।”

उहाँले अगाडि भन्नुभयो, “सरकारले पहिले देशका हरेक घरमा एलपी ग्यास पु¥याउन काम गरिरहेको थियो, अहिले पाइपबाट ग्यास सस्तो दरमा उपलब्ध गराउनेमा जोड दिइएको छ । यसका साथै सीएनजीमा आधारित प्रणालीलाई पनि प्रवर्धन गरिएको छ । यी सबै प्रयासका कारण भारतले विश्वको सबैभन्दा ठूलो ऊर्जा सङ्कटको सामना गर्न सक्षम भएको छ ।”

कार्यक्रममा प्रधानमन्त्री मोदीले तेलङ्गानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीलाई केन्द्रसँग मिलेर काम गर्न सुझाव दिनुभयो ।

लोकतन्त्रमा विभिन्न दलको सरकार हुनु गलत नभएकाले प्रदेश र देशको विकासका लागि मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री मोदीले भन्नुभयो, “राज्यको प्रगतिले मात्र देश अगाडि बढ्छ भन्दै ‘विकसित भारत २०४७’ को लक्ष्य हासिल गर्न सामूहिक प्रयासमा जोड दिनुभयो । रासस