१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

कांग्रेसको आरोप: २१ महिनामा सरकारका २१ असफलताहरु क्रमबद्ध रुपमै

कांग्रेसको आरोप: २१ महिनामा सरकारका २१ असफलताहरु क्रमबद्ध रुपमै
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपाको सरकार २१ महिनामा २१ काममा असफल भएको आरोप लगाएको छ । १४ मंसिरको उपनिर्वाचनको चुनावी प्रतिबद्धता मंगलबार जारी गर्दैै कांग्रेसले सरकारका असफलता औँल्याएको हो । २१ महिनाअघि मतदाताले समृद्ध नेपाल अघि बढ्ने परिकल्पना गरेर नेकपालाई मत दिए पनि सरकारले बेथिति निम्त्याएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिकिर गरे ।

उनले उपनिर्वाचनमा सरकारको गहिरो समीक्षा गर्न मतदातालाई अपिल पनि गरे । ‘२१ महिनामा सरकारले अधिनायकवाद आकांक्षा राखे पनि कांग्रेस भएसम्म हामी लोकतन्त्रलाई खतरामा पर्न दिन्नौँ,’ शर्माले भने, ‘हाम्रो नेतृत्वमा शान्ति, संविधानसभा, संविधान र यसको कार्यान्वयन अघि बढ्यो । तर, ऐतिहासिक राजनीतिक जटिलता पूरा गर्नुपर्ने दायित्व नभए पनि २१ महिनामा सरकार नारामै सीमित भयो ।

यसर्थ, उपनिर्वाचनमा सरकारको गहिरो समीक्षा मतदाताले गर्नुपर्छ ।’ राजस्वको आकार, सडक, बिजुलीजस्ता पूर्वाधार, रोजगारी वृद्धि, स्वास्थ्य र शिक्षाको प्रगति र विकासमा कांग्रेसका ०४७ देखि ०७४ सालसम्मका सरकारले गरेको सकारात्मक कामको तथ्य पनि शर्माले चुनावी आह्वानमा सार्वजनिक गरेका छन् । कांग्रेसले ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहित २२ पृष्ठको ‘नेपाली कांग्रेसको आह्वान’ शीर्षकको प्रतिबद्धतापत्र कांग्रेसका युवा नेताहरूले संयुक्त रूपमा जारी गरे ।

प्रतिपक्षले औँल्याएका सरकारका कमजोरी

  • राष्ट्रियताबारे उच्चस्तरीय पहल भएन: नेपालको भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्साको सर्वत्र विरोध भइरहँदा सरकारले उच्चस्तरीय राजनीतिक पहल गर्न नसकेको कांग्रेसको आरोप छ ।
  • संविधान अपनत्वको विस्तारमा असफल: सरकारले संविधानमा अपनत्वको दायरा विस्तार गर्न नसक्नुलाई पनि सरकारको कमजोरीको रूपमा कांग्रेसले औँल्याएको छ । कांग्रेसले भनेको छ, ‘मधेसका असन्तुष्टिको हल गर्न सरकार असफल भएको छ ।’
  • सत्ताको सैद्धान्तिक चरित्र निक्र्योल भएन: सरकार एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौँ शताब्दीको जनवादलाई ‘फ्युजन’ गर्ने नाममा ‘कन्फ्युजन’ भएको कांग्रेसको विश्लेषण छ ।
  • प्रदेशको नाम र राजधानी तोकिएन: प्रदेशको नामाकरण र राजधानी तोक्ने संघीयताको बाँकी कार्यभार पूरा गर्न सरकार असफल रहेको कांग्रेसको आरोप छ ।
  • कूटनीतिक मामिलामा अपरिपक्वता: कालापानी प्रकरणमा सन्तुलित भूमिका निर्वाह गर्न सरकार असफल भएको कांग्रेसले जनाएको छ ।
  • विप्लव प्रकरणः असफलताको फरक पाठ: प्रतिबन्धित नेकपाको हिंसाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सरकारले निषेधको मार्ग लिएकाले द्वन्द्व विस्तारमा बल पुगेको आरोप लगाएको छ ।
  • निर्मला प्रकरणमा हरायो सरकार: कांग्रेसले शान्ति सुरक्षाको अवस्था खराब रहेको आरोप लगाएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा त सरकार सम्पूर्ण रूपले असफल भएको कांग्रेसको आरोप छ ।
  • महँगी अत्यधिक बढ्यो: बजार मूल्य पूरै नियन्त्रणमा आउनेछ भनेर सपना देखाए पनि २१ महिना अवधिमा त्यो खण्डित भएको प्रवक्ता शर्माले बताए ।
  • भ्रष्टाचारमा ‘क्रान्तिकारी छलाङ’: सरकारले भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको कांग्रेसले टिप्पणी गरेको छ । वाइडबडी जहाज खरिदलगायत भ्रष्टाचारलाई ढाकछोप गरेको पनि कांग्रेसले बताएको छ ।
  • बुढीगण्डकीमा राष्ट्रघात: नेपाली आफैँले निर्माण गर्ने भनिएको बुढीगण्डकी चिनियाँ कम्पनीलाई जिम्मा दिनुलाई कांग्रेसले राष्ट्रघाती भनेको छ ।
  • मेलम्ची खानेपानी परियोजनामाथि खेलबाड: कांग्रेसले सत्ता हस्तान्तरण गर्दा मेलम्ची खानेपानी आयोजनाको काम सकिएको दाबी गर्दै सरकारकै कारण मेलम्ची परियोजना पूरा हुन अझै समय खर्चिनुपर्ने अवस्था आएको शर्माले उल्लेख गरे ।
  • निजगढ विमानस्थलको भविष्य अन्योल: कांग्रेसले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने उल्लेख गर्दै लगानीका सम्बन्धमा गहिरो राष्ट्रिय विमर्श हुन नसक्नुले एयरपोर्टको भविष्य अन्योलमा पर्दै गएको जनाएको छ ।
  • चिकित्सा शिक्षाका विद्यार्थी पीडित: डा. गोविन्द केसीसँगको सहमति र शुल्क वृद्धिको आन्दोलनलाई सम्बोधन गर्न सरकार असफल भएको कांग्रेसले बताएको छ ।
  • असफल संवैधानिक परिषद्: ‘सरकार बनेयता २१ महिनामा संविधानले दिएको गरिमाको भूमिका निर्वाह गर्न सरकार असफल रहेको छ,’ कांग्रेसले भनेको छ ।
  • शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण: मिडिया काउन्सिललगायतका विधेयकमार्फत सञ्चार माध्यमलाई नियन्त्रण गर्न उद्यत् भएको र कैयौँ पत्रकारलाई आस्थाका आधारमा कारबाही गरिएको कांग्रेसको भनाइ छ ।
  • धर्मको प्रश्नमा होलिवाइन प्रकरण: सरकारले आफ्नो साझा र उच्च गरिमालाई होलिवाइन प्रकरणमा कामय राख्न नसकेको टिप्पणी गरेको छ ।
  • गुठी विधेयकः जनशक्तिले झुकाएको सत्ता: सरकारले गुठी विधेयक ल्याउँदा हजारौँ नागरिक स्वतस्फूर्त सडकमा ओर्लिएपछि सरकार झुक्न वाध्य भएको शर्माले उल्लेख गरे ।
  • सामाजिक सुरक्षा कोष कांग्रेसकै कार्यक्रम: कांग्रेस सरकारमा हुँदा ल्याएको सामाजिक सुरक्षा कोषलाई सरकारले कार्यान्वयन गर्नुको सट्टा आफैँले ल्याएजस्तो गरी प्रचार गरेको कांग्रेसको आरोप छ ।
  • बालुवाटार काण्डमा लिलाम नैतिकता: बालुवाटार जग्गा काण्डमा पार्टीकै नेताको नाम जोडिएर आउँदासमेत सरकार ढाकछोप गर्नतिर लागेको कांग्रेसको टिप्पणी छ ।
  • सेयर बजार दिनदिनै ओरालो: कम्युनिस्ट पार्टी उकालो लाग्दा सेयर बजार भने ओरालो लागेको कांग्रेसले टिप्पणी गरेको छ ।
  • असहिष्णु अभिव्यक्तिः अराजनीतिक चरित्र: सरकार लोकतान्त्रिक प्रक्रियाबाट निर्माण भए पनि विरोधका स्वरलाई सुन्नै नसक्ने अलोकतान्त्रिक प्रवृत्ति देखिएको को कांग्रेसको टिप्पणी छ । नयाँ पत्रिका दैनिकबाट