२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला रारा-अल्ट्रा म्याराथनको उपाधि धीर बूढालाई



अ+ अ-

जुम्ला। सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गर्नुभएको छ ।

आज सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का बूढा पहिलो हुनुभयो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका होमबहादुर हमाल दोस्रो र गोपाल तामाङ तेस्रो हुनुभएको कर्णाली स्पोटर्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । महिलातर्फको दौडमा पातारासी गाउँपालिका कल्पना बूढा पहिलो हुनुभयो । साथै सुनसरी रोकाया दोस्रो र सन्ध्या बूढा तेस्रो हुनुभयो ।

पहिलो हुने धावकलाई रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार, तेस्रो हुनेलाई रु ५० हजार, चौथो र पाँचौलाई समान रु २०–२० हजार पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वैशाखमा आयोजना गर्दै आएको अध्यक्ष शाहीले बताउनुभयो ।

त्यसैगरी १० किलोमिटर दौडको पुरुषतर्फ वसन्त बूढा पहिलो, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो हुनुभयो । दश किलोमिटर महिलातर्पm सपना बूढा पहिलो, सस्मिता भण्डारी दोस्रो र गौकली रावत तेस्रो हुनुभयो ।

पाँच किलोमिटरको विद्यार्थीतर्फ निर्भु राना पहिलो, नरेश रावत दोस्रो र नमराज महतारा तेस्रो हुनुभयो । साथै पाँच किलोमिटर महिलातर्फ क्रितिना बूढा पहिलो, यमुना बूढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो हुनुभयो ।

प्रतियोगितामा स्वदेश तथा विदेशी गरी ५१ धावकहरूले ५४ किमी दौडमा सहभागिता जनाएका थिए ।  पाँच र १० किलोमिटरको दौडमा करिब एक हजार एक सय जना खेलाडी सहभागी भएको क्लबले जनाएको छ ।

पाँच र १० किलोमिटतर्फका विजेता खेलाडीलाई प्रमाणपत्र र पदक प्रदान गरियो भने ५४ किमीको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताका विजेता धावकलाई आइतबार राराताल परिसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।  रासस