१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचार्यको ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक



अ+ अ-

काठमाडौँ। जेनजी उमेर समूहका न्युटन आचार्यद्वारा लिखित ‘पर्वतनन्दिनी’ उपन्यास सार्वजनिक गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा नवराज लम्सालले उपन्यास सार्वजनिक गर्दै डरलाई निर्भिकतापूर्वक निकाल्ने सामथ्र्य लेखकमा हुनुपर्ने बताउनुभयो । आचार्यको पहिलो कृतिमै त्यो लक्षण देखिएको पनि उहाँले सुनाउनुभयो ।

‘पर्वतनन्दिनी’ उपन्यासमा निराशाभन्दा आशा भरिएको भन्दै डा लम्सालले हरेक युवाले आवेगलाई सामाजिक सञ्जालमा नपोखी पानीको बाँध बाँधेर विद्युत् निकाले जस्तै सृजनामा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली लेखक सङ्घका कोषाध्यक्ष विसुकुमार केसीले कृतिमा युवाको मनको भावना समेटिएको भन्दै प्रशंसा गर्नुभयो ।

लेखक आचार्यले १९ वर्षदेखि कृति लेख्न थालेको जानकारी दिँदै समाजमा भएका समस्या कोट्याएर उपन्यासमा राखेको बताउनुभयो । आफू सानो छँदा हजुरबुबाले सुनाएको रामायणको श्लोक र विसं २००३ मा परेको असिना पानीले गाउँका दुई जना बितेको घटनालाई लिएर लेखेको कविता सुनेर आफू साहित्य लेखनमा आकर्षित भएको सुनाउनुभयो ।

कार्यक्रममा भू–गर्भशास्त्री कल्याणराज भट्टराईले लेखक आचार्य भू–गर्भशास्त्रको विद्यार्थी हुँदादेखि नै रचनात्मक भएको आफूले पाएको बताउनुभयो ।

रेडक्रसकर्मी धर्मदत्त विडारी, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य सुदर्शन आचार्य, लेखकका पिता निइन्द्रप्रसाद आचार्यलगायतले २३ वर्षकै उमेरमा न्युटनले गरेको सिर्जना प्रशंसा गर्न लायक भएको बताउनुभएको थियो । रासस