८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मन्त्रीमण्डल पुनर्गठन नहुने !



अ+ अ-

काठमाडौं । बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन स्थगित भएको छ । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि नयाँ मन्त्रीको सपथ आज नहुने सम्भावना बढेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको विषय आज नसकिएको बताए। यस्तै अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने जानकारी दिइन्।

यसअघि मंगलबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएपनि सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली याक एण्ड यती होटलमा हुने एक कार्यक्रममा सहभागी हुन गएका छन्।

राष्ट्रपति कार्यालय शितल निवास स्रोतले पनि सपथका लागि तयारी गर्न बालुवाटारबाट कुनै सन्देश नआएको बतायो।