१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाई बहुमतको डर र त्रासमा न्याय सम्भव छैन: कामु प्रधानन्यायाधीश मल्ल



अ+ अ-

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान  मल्लले डर र प्रभावमा न्याय सम्भव नभएको बताउनुभएको छ ।

आज कानुन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो— डर र प्रभावमा न्याय सम्भव छैन । चाहे त्यो दुई तिहाई बहुमतको सरकारको डर होस् या महाभियोगको डर नै किन नहोस् । यस्तो अवस्थामा न्याय सम्भव छैन ।

सो कार्यक्रममा डर र प्रभावबाट मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायाधीशहरुलाई आग्रह पनि गरिन् । उनले भनिन— यस गम्भीर एवं कहालीलाग्दो घडीमा संविधानवाद, विधिको शासन र कानुनी राज्यका साथै न्यायलयको स्वतन्त्रतालाई कायम राखेर अघि बढ्न पनि उनले सबै न्यायकर्मीलाई आग्रह गरिन् ।

न्यायलयमा वर्तमान अवस्था कहालीलाग्दो रहेको उनको ठहर थियो । यस्तो अवस्थामा विना कुनै डर र त्रास अघि बढ्न र नडराउन उनले पटक पटक न्यायाधीशहरुलाई आग्रह गरेका थिइन् ।

उनले आफू न्यायालयको स्वतन्त्रता र न्यालपालिकाको मर्यादाबाट कहिल्यै पनि विचलित नहुने पनि स्पष्ट गरिन् । आफू जीवनभर न्यायका लागि लडेको र अझै त्यो लडाईं बाँकी नै रहेको उनको तर्क थियो ।