७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
अ+ अ-

काठमाडौं । आज बसेको बैठकले संसद् अधिवेशनदेखि अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले राष्ट्रपतिबाट संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गराउनेदेखि विदेशस्थित नेपाली अनररी कन्सलहरू पदमुक्त गर्ने निर्णयसमेत गरेको हो।

मन्त्रिपरिषद्ले  राष्ट्रपतिसमक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सम्बोधन गर्न अनुरोध गर्ने तथा त्यसका लागि संघीय संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। यो सम्बोधन सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुतिको तयारीसँग जोडिएको मानिएको छ।

त्यसैगरी, परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको छ। सरकारले कूटनीतिक संयन्त्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरेको बताइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको हो। उक्त प्रोटोकलले जबर्जस्ती श्रम उन्मूलन, श्रमिक अधिकार संरक्षण तथा मानव बेचबिखन नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसद्मा पेश गर्न सरकार सहमत भएको छ। यस महासन्धिले श्रम क्षेत्रको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने, श्रमिकको कार्यस्थल सुरक्षा सुनिश्चित गर्ने तथा श्रम कानुन कार्यान्वयनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने विश्वास गरिएको छ।