५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार



अ+ अ-

गण्डकी। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ ।

पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञसहितको सेवाका कारण उक्त सङ्ख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले २०७६ सालदेखि जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार सुरु गरेकामा यो सुविधा त्यस वर्ष १० जनाले लिएका थिए ।

त्यसैगरी, २०७७ मा ३३, २०७८ मा आठ, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक र २०८२ यता हालसम्म छ जनाले सुविधा लिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लागत रुपमा २०७६ यता निःशुल्क हवाई उद्धार सेवा लिनेमा सबैभन्दा बढी बागलुङबाट ३० जनाले यो सेवा लिएका छन् भने म्याग्दीबाट १८, गोरखाबाट छ, मुस्ताङबाट पाँच, लमजुङबाट चार एवम् मनाङ र पर्वतबाट दुई/दुई जना गरी कुल ६७ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले २०७६ सालमा यो सेवा सुरु गर्नुअघि मन्त्रिपरिषद्को निर्णयअनुसार थप चार जनाले यो सुविधा लिएका अधिकारीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धारलाई व्यवस्थित एवं प्रभावकारी बनाउन २०८० मा कार्यविधि ल्याएको हो ।

प्रदेश सरकारले गण्डकी प्रदेशका १६ वटा अस्पतालको स्तरोन्नति गर्नुका साथै आधारभूत अस्पतालमा विशेषज्ञसहितको सेवा उपलब्ध गराएपछि स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको तथ्याङ्क अधिकृत अधिकारीले बताउनुभयो । रासस