२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशिलाको आक्रोशः सरकारको प्रन्या सिफारिस गलत भयो, यसको परिणाम सरकारले भोग्नेछ



सुशीला कार्की
अ+ अ-

काठमाडौं । आज संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा मनोज शर्मालाई गरेको सिफारिसप्रति पूर्व प्रधानन्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशिला कार्कीले चर्काे असन्तुष्टि जनाएका छिन् । उनले सो निर्णयप्रति गम्भीर असहमति मात्र राखेकी छैनन्, यो गलत निर्णयको परिणाम सरकारले भोग्ने पनि जनाएकी छिन् ।

उनले सरकारले विधि र परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश डा शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको बताइन् । आफ्नो प्रतिक्रियामा उनले संवैधानिक र अरू सबै प्रधानन्यायाधीशमा कामू प्रधानन्यायाधीश समेत रहेकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको तर्क पनि गरेकी छिन् ।

एक सञ्चारमाध्यमसँगको कुराकानीमा कार्कीले प्रश्न गर्दै भनेकि छिन् ‘ यो निर्णय अत्यन्तै गलत भयो, न्यायालयमा यस्तो हुँदैन, सुहाउँदैन, यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’

तर सरकारले भोग्ने परिणाम के कस्तो हो भन्ने बारेमा भने उनले केही खुलाएकी छैनन् । एक योग्य र सक्षम महिलालाई रोक्ने काममा प्रधानमन्त्री नै लागिपरेको उनको आरोप छ ।