४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण
अ+ अ-

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गर्नुभएको छ ।

बिहीवार महासंघ कार्यालयमा उहाँले पदबहाली गर्नुभयो । अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरुले समेत पदबाहाली गर्नुभएको छ । पदबाहालीपछि बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्न आफ्नो कार्यकालमा काम गर्ने बताउनु भयो ।

उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग समन्वय गरेर विभिन्न नीतिगत सुधार गर्ने समेत बताउनु भयो । उहाँकाअनुसार निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षाको प्रत्याभुति दिन सरकार गम्भीर बन्नुपर्छ । निजी क्षेत्रको प्रवद्र्धन तथा सुरक्षा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेकोतर्फ लक्षित गर्दै उहाँले अब यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले अहिले बजारमा माग अत्यन्त कमजोर रहेको, जनताको क्रयशक्ति घटेको तथा अर्थतन्त्रमा पुँजी परिचालन सुस्त भएको अवस्था रहेको बताउनु भयो । उहाँले पुँजी परिचालन बढाउन सरकारले आगामी बजेटबाट आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष श्रेष्ठकाअनुसार अहिले विशेषगरी साना तथा मझौला उद्योगहरू अहिले सबैभन्दा बढी समस्यामा छन् । बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपनि साना उद्योगहरूले आवश्यक कर्जा र लगानी पाउन नसकेको अवस्था छैन । विगतमा सहकारी क्षेत्रले करिव ६ खर्ब रुपैयाँ पुँजी परिचालन गर्दै आएको तर सहकारी संकटपछि साना उद्योगमा लगानी अभाव चुलिएको उहाँको भनाइ छ । अध्यक्ष श्रेष्ठले अब बैंकहरूले साना तथा मझौला उद्योगमा लगानी कसरी विस्तार गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । –न्युज एजेन्सी नेपाल