३० भाद्र २०८३, मंगलवार
,
Latest
रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल इन्द्रजात्रामा स्वयंसेवक भोकै बस्न नदिने, काठमाडौंमै मुआली बजाउने तयारी भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस नीति–अनुसन्धान प्रतिष्ठानको पहिलो बैठक सम्पन्न, सातै प्रदेशमा भेला गर्ने निर्णय



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

बैठक गगनकुमार थापाको उपस्थितिमा तथा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको हो।

बैठकको प्रारम्भमा सभापति थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ गराएका थिए। सो क्रममा उनले नवनियुक्त सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारबारे स्पष्ट पारेका थिए। त्यसपछि प्रमुख शर्माले पनि नवनियुक्त सदस्यहरुलाई शपथ गराएका थिए।

बैठकमा प्रमुख शर्माले सातै प्रदेशमा आयोजना गरिने “प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला” सम्बन्धी मिति र स्थानबारे जानकारी गराएका थिए।

सो अनुसार सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते धनगढीमा, कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते सुर्खेतको लेकवेसीमा, गण्डकी प्रदेशमा वैशाख ३१ र जेठ १ गते पोखरामा, बागमती प्रदेशमा जेठ ४ र ५ गते धुलिखेलमा, मधेश प्रदेशमा जेठ ६ र ७ गते वर्दिवासमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते सुनसरीको लौकीमा तथा लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा भेला आयोजना गरिने जनाइएको छ।

त्यसैगरी, प्रतिष्ठानका प्रमुखको प्रस्तावमा बैठकले उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ।