५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा मोटरसाइकलमा लिफ्ट दिई अश्लील हर्कत गर्ने युवक पक्राउ



अ+ अ-

काठमाडाैँ । स्याङ्जाको पुतलीबजार क्षेत्रमा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलामाथि अश्लील हर्कत गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार बिहान करिब ७ बजे पुतलीबजार नगरपालिका–१ मलेबगरस्थित एकान्त सडक खण्डमा मोटरसाइकलमा लिफ्ट दिएका ती युवकले पीडितसँग फोन नम्बर मागेका थिए। नम्बर दिन अस्वीकार गरेपछि उनले अश्लील व्यवहार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीका आधारमा खटिएको विशेष अपरेशन टोलीले घटनापछि फरार हुँदै गरेको अवस्थामा पुतलीबजार नगरपालिका–१ बाट २० वर्षीय दिवस सुनारलाई पक्राउ गरेको हो। उनी पुतलीबजार नगरपालिका–९ निवासी हुन्।

प्रहरीले पक्राउ परेका सुनारमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अपरिचित व्यक्तिको मोटरसाइकलमा लिफ्ट नलिन तथा सतर्क रहन सम्पूर्ण महिला दिदीबहिनीहरूलाई आग्रह गरेको छ।




भर्खरै