१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रौँ रारा प्रतियोगिताको उपाधि युनाइटेड झापालाई



अ+ अ-

धनकुटा। वैशाख १८ देखि धनकुटाको राजारानीमा जारी ‘१३औँ रारा रनिङ फुटबल प्रतियोगिता’ को उपाधि गत वर्षको विजेता बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ ।

‘पेनाल्टी सुटआउट’मा आयोजकलाई ५–४ गोलको अन्तरले हराउँदै यूनाइटेड झापा विजयी भएको हो । जितसँगै युनाइटेडले रनिङ कपसहित नगद सात लाख पाएको छ भने उपविजेता आयोजक राराले तीन लाखमा चित्त बुझाएको छ ।

खेलको दोस्रो हाफमा आयोजक राजारानी(रारा)ले पेनाल्टीबाट एक गोल गरेपछि त्यसको केही समयमा नै युनाइटेडका तर्फबाट ‘फ्री किक’बाट एक गोल भएपछि खेल बराबरीमा टुङ्गिएको थियो । त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा युनाइटेडका तर्फबाट ३२ नम्बरका खेलाडी दीपेश उराउ, ५ नम्बरका खेलाडी सञ्जय लामा, १४ नम्बरका खेलाडी मौसम सुब्बा, ६६ नम्बरका खेलाडी विवेक पौडेल र २० नम्बरका खेलाडी प्रशान्त लक्षमले गोल गर्न सफल भए ।

आयोजक राजारानी फुटबल क्लबका लागि १६ नम्बर जर्सीका किरण चेम्जोङ, जर्सी नम्बर १३ का विशाल भण्डारी, जर्सी नम्बर १२ का मणि लामा र जर्सी नम्बर २ का शिशिर लेखीले गोल गरे । सोही टिमका ११ नम्बर खेलाडी दीपेश गुरुङले हानेको गोल युनाइटेडका गोलकिपर गोलरक्षकले रोकेपछि युनाइटेड विजय भएको हो ।

विजेता तथा खेलाडीहरूलाई रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङ र चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पुरस्कार वितरण गरे । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ बिर्तामोड युनाइटेडका प्रशान्त लक्षम भए । उदियमान खेलाडीको उपाधि रारा फुटबल क्लबका लोकेन्द्र लिम्बू र उत्कृष्ट गोलकिपर बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बराल भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार बिर्तामोड युनाइटेडका राजेश दाहालले पाए । उनले प्रतियोगिता अवधिभरमा चार गोल गरेका थिए । उत्कृष्ट खेलाडीको उपाधि रारा फुटबल क्लबका कप्तान किरण चेम्जोङले पाए । रासस




भर्खरै