१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनिजको ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया



अ+ अ-

पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पोखरामा ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरामा क्रियाशील ३० जना पत्रकारको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारिता संवेदनशील पेशा भएकाले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने विषयमा जोड दिए । उनले निर्वाचनको समाचार सङ्कलन गर्दा निर्वाचन आचारसंहिताको पालना गरेर समाचार सङकलन र सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए ।

जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा राजनीतिक दल, उम्मेद्वार, नागरिक समाज, मतदाता र सञ्चारकर्मीको काम कर्तव्य र दायित्व लगायतका विषय समेटिएको थियो । उनले उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको र निर्वाचन, स्वच्छ र मर्यादित बनाउने जिम्मेवारी सबैको रहेको बताए ।

पत्रकार भरत कोइरालाले निर्वाचनको रिपोर्टिङ गर्दा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारीका बारेमा प्रस्तुति राखेका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।